दुई वटा कमोडिटी एक्सचेञ्जको लाइसेन्सका लागि आव्हान, यस अघिका आवेदन रद्ध हुने

सिंहदरबार संवाददाता
२०७९ आश्विन २, आईतवार ०८:४२

काठमाडौं । नेपाल धितोपत्र बोर्डले २ वटा कमोडिटी एक्सचेञ्जलाई लाइसेन्स दिनका लागि आवेदन मागेको छ । बोर्डले आइतबार सार्वजनिक सूचना प्रकाशित गर्दै ४५ दिन भित्र रितपूर्वक आवेदन दिन भनेको हो । यस अघि कमोडिटी एक्सचेञ्जका लागि आवेदन दिनेहरुको आवेदन स्वतः रद्ध भएको छ । उनीहरुले पुनः आवेदन दिनुपर्नेछ तर आवेदन दस्तुर भने लाग्ने छैन् ।

बोर्डले रितपूर्वक प्राप्त आवेदनहरुमध्येबाट २ वटा कम्पनीलाई कमोडिटी एक्सचेञ्जको लाइसेन्स दिने भनेको छ ।

प्रतिक्रिया दिनुहोस्