Shikhar Insurance

३ सयले बढ्यो सुनको मूल्य

सिंहदरबार संवाददाता
२०७९ आश्विन २, आईतवार १०:४९
NIMB
Nabil Bank

काठमाडौं । साताको पहिलो कारोबारको दिन नेपाली बजारमा सुनको मूल्य बढेको छ । आइतबार सुन प्रतितोला ३ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आइतबार छापावल सुन प्रतितोला ३ सय रुपैयाँले बढेर ९१ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन छापावल सुन प्रतितोला ९१ हजार ५ सय रुपैयाँमा खरिदबिक्री भएको थियो ।

Citizen Life
Kumar Bank

त्यस्तै, तेजावी सुन पनि प्रतितोला ३ सय रुपैयाँले बढेर ९१ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन तेजावी सुन प्रतितोला ९१ हजार रुपैयाँमा खरिदबिक्री भएको थियो ।

महासंघका अनुसार चाँदी प्रतितोला १५ रुपैयाँले बढेर ११ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन चाँदी प्रतितोला ११ सय ७० रुपैयाँमा खरिदबिक्री भएको थिायो ।

नेपालमा अन्तर्राष्ट्रिय बजार मूल्यको आधारमा सुनचाँदीको मूल्य तोक्ने गर्छ ।

GBIME
siddhartha bank

प्रतिक्रिया दिनुहोस्