Shikhar Insurance

उद्योगीद्धय पशुपति मुरारका र चन्द्र ढकाललाई सुकिर्तिमय राष्ट्रदिप पदक

सिंहदरबार संवाददाता
२०७९ आश्विन ३, सोमबार ०८:५१
NIMB
Nabil Bank

काठमाडौं । सरकारले उद्योगीद्धय पशुपति मुरारका र चन्द्र प्रसाद ढकाललाई सुकिर्तिमय राष्ट्रदिप पदक दिने भएको छ । संबिधान दिवसका अवसरमा उद्योगीद्धयलाई सो पदक दिने निर्णय भएको हो । गृह मन्त्रालयले सार्वजनिक गरेको पदक तथा बिभुषण प्राप्त गर्नेहरुको सूचिमा यसपाली उनीहरु समावेश भएका हुन् ।

मुरारका नेपाल उद्योग बाणिज्य महासंघका पूर्व अध्यक्ष हुन् । उनी हालको कार्यसमितिमा बिशिष्ट सदस्यका रुपमा क्रियाशिल छन् । मुरारको अगुवाईमा स्थापना भएको अर्घाखाँची सिमेन्टले व्यवसायीक सफलताको उचाई ग्रहण गरिरहेको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

ढकाल भने नेपाल उद्योग बाणिज्य महासंघको बरिष्ठ उपाध्यक्ष हुन् । उनी आगामी चैतमा महासंघको स्वतः अध्यक्ष बन्दैछन् । आइएमई ग्रुपका अध्यक्ष ढकालको नेतृत्वमा चन्द्रागिरी हिल्स सञ्चालनमा छ भने ग्लोबल आइएमई बैंकले उचाई पछ्याईरहेको छ । ढकालको आइएमई रेमिट देशमा सर्वाधिक रेमिटेन्स भित्र्याउने कम्पनीमा पर्छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्