Shikhar Insurance

पर्यटन विकासका लागि धौनीढोका एउटै चक्रपथको निमार्ण गर्नेगरी गुरुयोजना तयार गरिने

सिंहदरबार संवाददाता
२०७९ आश्विन ३, सोमबार १३:५२
NIMB
Nabil Bank

बलेवा । धौलागिरि क्षेत्रको पर्यटन विकासका लागि धौलागिरि, नीलगिरि, ढोरपाटन र कालीगण्डकीलाई जोडेर एउटै चक्रपथको निमार्ण गर्नेगरी गुरुयोजना तयार गरिने भएको छ । धौलागिरि क्षेत्रमा पर्यटन प्रवर्द्धन गर्ने लक्ष्यका साथ धौनीढोका गुरुयोजनाका लागि स्थानीय सरकार र पर्यटन व्यवसायीबीच छलफल सुरु भएको हो ।

धौलागिरि वातावरणमैत्री पर्यटकीय चक्रपथ विकासको आवश्यकताबारे चर्चा हुन थालेको अभियान्ता कृष्ण केसीले बताए । बागलुङ उद्योग वाणिज्य सङ्घ, बागलुङ पर्यटन विकास समिति, बागलुङ समाज पोखरा र गैसस महासङ्घ नेपाल बागलुङले संयुक्त रुपमा गुरुयोजना तयारीका लागि छलफल थालेका छन् ।

Citizen Life
Kumar Bank
Nepal Life

‘धौनीढोकाका अभियन्ता केसीले साविकको धौलागिरि अञ्चलको समग्र विकासका लागि धौनीढोका महत्वपूर्ण वातावरणमैत्री पर्यटकीय चक्रपथ बन्ने बताए। उनकै पहलमा स्थानीय सरकार र व्यवसायीले यसको गुरुयोजना बनाउन तयार भएका हुन् । हाल निमार्ण हुँदै गरेको मध्यपहाडी लोकमार्ग र कालीगण्डकी करिडोरलाई जोडेर धौलागिरि वातावरणमैत्री पर्यटकीय चक्रपथ निर्माणमा सरोकारवालाको जोड छ ।

गण्डकी प्रदेशका पर्यटनमन्त्री मणिभद्र शर्मा धौलागिरि क्षेत्रको पर्यटन विकासका लागि राष्ट्रिय रुपमै कार्यक्रमको खाँचो रहेको बताए । उनले ढोरपाटन क्षेत्रमा बन्न लागेको हाइड्रोपावर योजना नेपालकै सबैभन्दा सस्तो प्रोजेक्ट रहेको र उक्त प्रोजेक्ट पूरा भए कृत्रिम ताल बन्ने र पर्यटनको विकास हुनेमा आफू आशावादी रहेको बताए । धौलागिरि क्षेत्रको विकासका लागि प्रदेश होइन, सङ्घ सरकारको योजना पर्नुपर्छ अनि मात्र पर्यटन विकास सम्भव छ, उनले भने ।

मुस्ताङको थासाङ गाउँपालिकाका अध्यक्ष प्रदीप गौचनले बढ्दो डोजरे विकासका कारण अहिले मुस्ताङमा पर्यटक घटेको बताए । धौलागिरि पर्यटन चक्रपथका लागि गर्नुपर्ने सम्पूर्ण कार्य गर्न गाउँपालिका तयार रहेको उनको भनाइ छ । बागलुङको काठेखोला गाउँपालिकाका अध्यक्ष राजु थापाले गण्डकी प्रदेशमा पोखरा पर्यटन क्षेत्रले धेरैअघि जाँदा धौलागिरि क्षेत्र भने निकैपछि पुगेको गुनासो गरे । उनले पोखरामा पर्यटन व्यवसाय गर्नेले अन्नपूर्ण मात्रै देखाएको तर धौलागिरि हिमाललाई नदेखाउँदा पर्यटकको आकषर्ण नभएको बताए ।

उनले पर्यटन चक्रपथ समग्र धौलागिरिको पर्यटनका साथै स्थानीयको आय आर्जनसँग जोडिएको विषय भएकाले यसलाई अघि बढाउन आफू प्रतिबद्ध भएको सुनाए । पर्यटन व्यवसायी गणेश भट्टराइले ढोरपाटन क्षेत्रमा युरोपबाट बढी पर्यटक आउने जानकारी दिदैँ उनीहरुको बसाइ लम्ब्याउनका लागि स्थानीय व्यवसायीले नै पहिलो कदम चाल्न आश्वयक रहेको सुनाए ।

बागलुङ उद्योग वाणिज्य सङ्घका अध्यक्ष नरेश कँडेलले धौनीढोका गुरुयोजनाअनुसार स्थानीय, प्रदेश र सङ्घीय सरकारका काम बन्दा छोटो समयमा नै धौलागिरि क्षेत्र चर्चाको शिखरमा पुग्ने बताए ।

GBIME

प्रतिक्रिया दिनुहोस्