Shikhar Insurance

गरिबी न्यूनीकरण गर्न समाजवादी अर्थव्यवस्थाको खाँचो छ-अध्यक्ष नेपाल

सिंहदरबार संवाददाता
२०७९ आश्विन ४, मंगलवार ०७:४३
NIMB
Nabil Bank

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले मुलुकमा विद्यमान गरिबी न्यूनीकरण गर्न समाजवादी अर्थव्यवस्थाको खाँचो रहेको बताएका छन् ।

नेपाल मगर सङ्घ (समाजवादी) को तेस्रो राष्ट्रिय भेलामा अध्यक्ष नेपालले गरिबी, अभाव र बेरोजगारीलाई समाप्त पार्न आर्थिक समानता तथा सामाजिक न्याय कायम गर्नुपर्नेमा जोड दिँदै गरिबी निवारण गर्ने आफ्नो पार्टीको चाहना भएको बताएका हुन ।

Citizen Life
Kumar Bank
Nepal Life

देशमा सुशासन कायम गरी जनतालाई आर्थिक समृद्धितर्फ लैजान सकिने बताउँदै उनले भने, “हामी गरिबी निवारण गर्न चाहन्छौँ ।” समाजमा रहेका विकृति र विसङ्गतिहरूलाई पनि अन्त्य गर्ने आफूहरूको चाहना रहेको प्रस्ट पारे ।

देशमा रहेको साधन, स्रोतको अधिकतम सदुपयोग गरी सामाजिक विकास तथा जनताको आर्थिक सशक्तीकरण गर्न आफ्नो पार्टी देश हितको रक्षा, जनताको सेवामा समर्पित हुने र समाजको परिवर्तन गर्ने उद्देश्य लिएर राजनीतिमा आएको उनको भनाइ थियो ।

कार्यकर्तालाई त्याग, समर्पण र समाज रूपान्तरणको भावनाले राजनीतिमा लाग्न आग्रह गर्दै अध्यक्ष नेपालले मुलुकमा विभिन्न जातजाति, भाषा, धर्म, संस्कृतिमा भएको विविधताको संरक्षण गरिने भन्दै कुनै पनि जातजातिका बीचमा हुने भेदभावलाई अन्त्य गर्नुपर्ने बताए ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष नेपालले जातजाति, भाषा धर्म संस्कारमा भएको विविधता नै नेपालको गहना भएको भन्दै त्यसको संरक्षण आजको आवश्यकता भएको औँल्याए ।रासस

GBIME

प्रतिक्रिया दिनुहोस्