Shikhar Insurance

जनरल इन्स्योरेन्ससँग मर्जर हुन सानिमा इन्स्योरेन्सले बोलायाे विशेष साधारणसभा

सिंहदरबार संवाददाता
२०७९ आश्विन ४, मंगलवार १७:१०
NIMB
Nabil Bank

काठमाडौं । सानिमा जनरल इन्स्योरेन्सले  जनरल इन्स्योरेन्ससँग मर्जर हुने प्रस्ताव पारित गर्न विषेश साधारण सभाको बोलाएको छ । कम्पनीले यही असोज ११ गते मंगलबार कुन्डलीनि दरबार बैंङक्वेट, चण्डोल काठमाडौंमा विषेश साधारणसभा बोलाएको हो ।

कम्पनीको सञ्चालक समितिको भदौं २६ गते बसेको १०९औं बैठकले सो निर्णय सानिमा जनरल इन्स्योरेन्स र जनरल इन्स्योरेनसबीच एक आपसमा गाभ्ने गाभिने सम्बन्धि प्रस्ताव पारित गर्ने प्रस्ताव सो विषेश साधारणसभामा लैजाने निर्णय गरेको छ । यी कम्पनीहरु एक आपसमा गाभिएर एकिकृत कारोबार सानिमा जिआईसी इन्स्योरेन्सको नामबाट शुरु हुनेछ । यी कम्पनीहरु १ः१ सेयर अनुपातमा गाभिँदैछन् ।

Citizen Life
Kumar Bank
Nepal Life

सानिमा जनरल इन्स्योरेन्सको साविकको सञ्चालक समितिको समयअवधि जतिसुकै बाँकी रहे पनि मर्जर पश्चात दुबै कम्पनीबाट प्रतिनिधित्व हुने गरी नयाँ सञ्चालक समिति गठन भएपश्चात विद्यमान सञ्चालक समितिको बाँकी कार्यकाल स्वतः समाप्त भएको मानिने छ । र नयाँ सञ्चालक समितिको कार्यकाल पनि गाभिएपछि बन्ने कम्पनीको बार्षिक। विषेश साधारणसभा नभएसम्म मात्र रहनेछ ।

दुई कम्पनी एकआपसमा गाभिएपछि कम्पनीको केन्द्रिय कार्यलय, टंगाल, काठमाडौंमा रहने तथा सोहि बमोजिम प्रबन्धपत्र तथा नियामावलिमा आवश्यक संसोधन गरिनेछ । मर्जरपछि कम्पनीको नाम, अधिकृत पूँजी, जारी पूँजी तथा चूँक्ता पूँजी बृद्धि गर्ने विषेश प्रस्ताव पारित हुनेछ ।

कम्पनीको संस्थापक र सर्वसाधारण सेयरको स्वमित्व प्रतिशत समेत फेरबदल हुने हुदा कम्पनीको प्रबनधपत्र र नियामावलिको दफामा संसोधन हुने प्रस्ताव पारित हुने कम्पनीले जनाएको छ । मर्जर पश्चात कम्पनीको संस्थापक सेयर र सर्वसाधारण सेयर अनुपात ५१ः४९ को अनुपातमा कायम रहनेछ ।

कम्पनीको प्रबन्धपत्र तथा नियामावलिमा कुनै पनि फेरबदल, थपघट गर्न कुनै सुझाव वा निर्देशिन दिएमा वा कुनै भाषिक फेरबदल गर्नु पर्ने भएमा सो अनुसार सञ्चालक समितिलाई सम्पूर्ण अख्तियारी प्रदान गरिनेछ ।

GBIME

प्रतिक्रिया दिनुहोस्