Shikhar Insurance

चार दिनपछि नेप्से सामान्य अंकले सुधार

सिंहदरबार संवाददाता
२०७९ आश्विन ५, बुधबार १५:२८
NIMB
Nabil Bank

काठमाडौं । बुधबार नेप्से परिसूचक सामान्य अंकले सुधार देखिएको छ । ब्याजदरमा भएको वृद्धिका काराण गत ४ दिनदेखि नेप्से निरन्तर ओरालो लागिरहेको थियो । ४ दिनको कारोबारमा नेप्से परिसूचक १सय ४३ अंकले घटेको हो ।

नेपाल स्टक एक्सचेन्ज(नेप्से) का अनुसार बुधबार परिसूचक ११.१९ अंकले बढेर १,८४८.८० को विन्दुमा बन्द भएको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

त्यस्तै ठुला कम्पनीको सेयर मापक सेन्सेटिभ इण्डेक्स पनि २.०१ अंकले बढेर ३६०.८८ को विन्दुमा बन्द भएको हो ।

बुधबार २२६ कम्पनीको ७२ करोड १२ लाख ५९ हजार रुपैयाँ बराबरको २५ लाख ३१ हजार ३ सय ७० कित्ता सेयर खरिदबिक्री भए। सो दिन कारोबारमा आएको १४२ कम्पनीको सेयर मूल्य बढेको छ । ३८ कम्पनीको सेयर मूल्य घटेको छ । भने ७ कम्पनीको सेयर मूल्य स्थिर छ ।

कारोबार रकमको आधारमा नबील बैंकको सेयर सर्वाधिक कारोबार भएको छ । बैंकको ३ करोड ३८ लाख १५ हजार रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको हो ।

त्यसैगरि, रिडी पावर कम्पनीको २ करोड ४१ लाख ४८ हजार, हिमालयन डिस्टिलरीको २ करोड ३९ लाख ९२ हजार, अपी पावर कम्पनीको १ करोड ८६ लाख ४७ हजार र गोखार्ज फाइनान्सको १ करोड ७६ लाख ३० हजार रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ ।

समलिङ्गी पावर कम्पनीको सेयर मूल्य पोजेटिभ सर्किट लेभलमा कारोबार भएको छ । सुमित लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ५.७३ प्रतिशतले बढेको छ । १२ वटा समूहगत उपसूचकहरु मध्ये १२ वटा बढेको छ भने म्युचुअल फण्डका परिसूचक ०.४४ प्रतिशतले घटेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्