Shikhar Insurance

५ सयले बढ्यो सुनको मूल्य

सिंहदरबार संवाददाता
२०७९ आश्विन ६, बिहीबार ११:०२
NIMB
Nabil Bank

काठमाडौं । बिहीबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन प्रतितोला ५ सय रुपैयाँले बढेको हो ।

बिहीबार छापवाल सुन प्रतितोला ५ सय रुपैयाँले बढेर ९१ हजार ८ सय रूपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन छपावल सुन ९१ हजार ३ सय रुपैयाँमा खरिदबिक्री भएको थियो ।

Citizen Life
Kumar Bank
Nepal Life

त्यस्तै, तेजावी सुनको मुल्य पनि प्रतितोला ५ सय रुपैयाँले बढेको छ । बिहीबार तेजावी सुन प्रतितोला ९१ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन तेजावी सुन प्रतितोला ९० हजार ८ सय रुपैयाँमा खरिदबिक्री भएको थियो ।

महासंघका अनुसार चाँदी प्रतितोला १५ रुपैयाँले बढेको छ । बिहीबार चाँदी प्रतितोला ११ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन चाँदी प्रतितोला ११ सय ७० रुपैयाँमा खरिदबिक्री भएको थियो ।

अन्तर्राष्ट्रिय बजार मूल्यको आधारमा नेपालमा महासंघले सुनचाँदीको मूल्य तोक्ने गर्छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्