Shikhar Insurance

‘सरकार र राष्ट्र बैंकको नीतिले शुरु भएको आर्थिक संकटमा पनि बैंकले कमाउनै खोजे उद्योग बन्द हुन्छ’

सिंहदरबार संवाददाता
२०७९ आश्विन ६, बिहीबार १६:३५
NIMB
Nabil Bank

काठमाडौं । सरकारको नीतिगत कढाई र राष्ट्र बैंकको नियमनका कारण अर्थतन्त्र संकटमा परेको उद्योगी व्यवसायीले आरोप लगाएका छन् । सरकारले विभिन्न वस्तुको आयातमा लगाएको कढाइ र कोभिड पछि राष्ट्र बैंकले गरेको नियमकीय कढाइले अर्थतन्त्र संकटमा परेको आरोप अटो मोबाइल्स व्यवसायीले लगाएका हुन् ।

यस्तो संकटको अवस्थामा पनि बैंकहरुले भने अवसर खोज्दै ब्याजदर वृद्धि गरी कमाउन खोज्दा उद्योग क्षेत्रबाट लगानी पलायन हुन सक्ने जोखिम बढेको उनीहरुको गुनासो छ । समस्याको सामाधानको लागि अर्थ मन्त्रालय र राष्ट्र बैंकले समयमै समन्वय गरी आवश्यक पहल तथा नीतिगत संसोधन गर्नु पर्ने उनीहरको माग हो ।

Citizen Life
Kumar Bank
Nepal Life

राजधानीमा बिहिबारदेखि शुरु भएको “नाडा इभि एक्स्पो २०२२” मा सवारी सवारी साधान आयात बन्द हुँदा व्यवसाय नै बन्द गर्नु पर्ने अवस्था सिर्जना भएको नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालका अध्यक्ष धुव्र थापाले बताए । जसका लागि सरकारले ठुला सवारी साधारहरुको आयात खुला गर्नु पर्ने माग उनले राखेका थिए ।

‘निजी सवारी र १५० सीसीभन्दा ठूला सवारीको आयात खुलाउन पहल गर्दिनु पर्यो । २०० सीसीसम्मको हकमा पहिले जस्तै बनाइदिनु पर्यो, इभीको एसेम्बल राख्न थप सहुलिय आवश्यक छ ।’– मेलाको उद्घाटन समारोहमा नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालका अध्यक्ष थापाले भने ।

यस्तै, मेला उद्घाटन शत्रमा उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले पछिल्लो समय अर्थतन्त्रमा आएको संकट नेपाल राष्ट्र बैंकको नीतिका कारण सूरु भएको बताए । कोभिडपछि राष्ट्र बैंकले सीडी रेसियो नीति लागू गरेको भन्दै सो आरोप लगाएका हुन् ।

‘कोभिड पछि राष्ट्र बैंकले् लिएको नीतिका कारण अर्थतन्त्र संकटमा आएको हो । तरलता अभाव हुनुको मुख्य कारण भनेको सीडी रेसियो खारेज गरी सीडी रेसियो लागू गर्नु नै हो,’ कार्यक्रममा महासंघका अध्यक्ष गोल्छाले भने, ‘राष्ट्र बैंक र अर्थ मन्त्रालयको चिसो सम्बन्धले पनि समस्या थप गर्यो ।’

यद्धपी पछिल्लो समय रेमिट्यान्समा सुधार आएसँगै अर्थतन्त्रका सुचांकमा केही सुधार देखिउको बताउँदै उनले थप सुधार गर्न सबैको पहल आवश्यक रहेको बताए । तर, बैंकहरु भने समस्यालाई अवसर मानेर कमाउने बाटो तिर लागेको उनको गुनासो छ ।

‘तरलता संकटको बोझ सबैले बोक्नुपर्छ, बैंकहरुले ब्याजदर र प्रिमियम वृद्धि गरिरहेका छन्, बैंकहरुले समस्यालाई अवसर मानेर कमाउन थाले, अर्थ मन्त्रालयले हेर्नू पर्यो । चालु पुँजी कर्जाको व्यवस्था पुनरावलोकन हुुनुपर्छ । आयातमा नगद मार्जिन हटाउनु पर्यो । राजश्व वृद्धि गर्न गाडीको आयात तत्काल खुला गर्नुपर्छ ।’–उनले भने ।

आयातमा गरिएको कढाईले राजश्वमा असर गर्दा अर्थतनत्र थप संकटमा पर्न सक्ने हुँदा गाडीको आयात ततकाल खुलाउन उनले अर्थमन्त्री जनार्दन शर्मालाई आग्रह गरे ।

GBIME

प्रतिक्रिया दिनुहोस्