Shikhar Insurance

सिटिजन्स बैंकद्धारा ९ प्रतिशत लाभांश घोषणा

सिंहदरबार संवाददाता
२०७९ आश्विन ७, शुक्रबार ०८:४०
NIMB
Nabil Bank

काठमाडौं । सिटिजन्स बैंकले लगानीकर्तालाई ९ प्रतिशत लाभांश दिने भएको छ । बैंकले आर्थिक वर्ष २०७८/७९ को वितरण योग्य नाफाबाट लगानीकर्तालाई चुक्ता पुँजीको ९ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको हो ।

बैंकको संचालक समितिद्वारा प्रस्तावित सो लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृत गरेपछि बैंकको आगामी वार्षिक साधारण सभामा पारित भइ वितरण हुनेछ । हाल बैंकको चुक्ता पुँजी १४ अर्ब २० करोढ ९ लाख ७४ हजार रुपैयाँ कायम छ । जसको ९ प्रतिशत अर्थातत् १ अर्ब २७ करोड ८० लाख ८७ हजार रुपैयाँ नगद लाभांश बैंकले सेयरधनीमा वितरण गर्न लागेको हो ।

Citizen Life
Kumar Bank
Nepal Life

बैंकले आफ्ना १८० वटा शाखा, १३२ वटा एटिएम. र ९६ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट करिब १४ लाख ७० हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्