Shikhar Insurance

दैनिक नयाँ रेकर्ड बनाउदै डलरको मूल्य

सिंहदरबार संवाददाता
२०७९ आश्विन ११, मंगलवार १०:१५
NIMB
Nabil Bank

काठमाडौं । मंगलबार पनि अमेरिकी डलरको मूल्य नयाँ रेकर्ड कायम गरेको छ । केहि समयदेखि अमेरिकी डलरको मूल्य निरन्तर बढ्दो क्रममा देखिएको हो ।

नेपाल राष्ट्र बैंकको एक्सचेन्ज रेट अनुसार मंगलबार अमेरिकी डलरको मूल्य १३० रुपैयाँ ९० पैसा पुगेको छ । अब नेपालीले राष्ट्र बैंकबाट १ अमेरिकी डलर खरिद गर्नका लागि १३० रुपैयाँ ९० पैसा खर्च गर्नु पर्ने छ । भने राष्ट्र बैंकले सर्वसाधारणबाट १ अमेरिकी डलर खरिद गर्दा १३० रुपैयाँ ३० पैसा खर्च गर्नेछ ।

Citizen Life
Kumar Bank
Nepal Life

आइतबार अमेरिकी डलरको मूल्य १२९ रुपैयाँ ८९ पैसा पुगेको थियो । त्यसदिनको रेकर्डलाई पनि तोड्दै मंगलबार डलरको मूल्यले फेरि नयाँ रेकर्ड बनाएको हो । पछिल्लो समय आयातकर्ताहरूबाट डलरको माग र अमेरिकी फेडरल रिजर्भले ब्याजदर बढाँउदा त्यसबाट प्रभावित भई डलरको मूल्य निरन्तर बढ्दै गएको हो । नेपाली मुद्रा अन्तराष्ट्रिय विनिमय बजारमा दिनप्रतिदिन कमजोर बन्नुको मुख्य कारण भारतीय मुद्रा पनि एक हो ।

नेपालको आफ्नै विनियमदर प्रणाली नहुँदा भारतीय मुद्रामै आधारित रहेर विनिमयदर राष्ट्र बैंकले सार्वजनिक गर्ने गरेको छ । दिनप्रतिदिन भारतीय रुपैयाँ कमजोर बन्दै गएको छ । भारतीय रुपैयाँ नेपाली रुपैयाँको स्थिर विनिमय दर छ । यसले गर्दा भारतीय रुपैयाँ कमजोर हुँदा नेपाली रुपैयाँ समेत कमजोर बन्न पुगेको हो । मंगलबार नेपाली रुपैयाँ इतिहासकै सबैभन्दा कमजोर रुपैयाँ बनेको छ ।

अमेरिकी डलरको मुल्य महंगिदै जाँदा आयात भने झनै महँगो भएको छ । आयातको भुक्तानी डलरमा गरिने भएकोले डलर महँगो हुँदा बढी रकम तिर्नुपर्छ ।

विदेशी मुद्रको विनिमय दरः

GBIME

प्रतिक्रिया दिनुहोस्