Shikhar Insurance

चाडपर्वमा इन्टरनेट कम्पनीहरुको बम्पर अफरः सस्तोमा फास्ट इन्टरनेटदेखि टिभी गिफ्टसम्म

दशैँमा कुन इन्टरनेट प्रयोग गर्ने?
सिंहदरबार संवाददाता
२०७९ आश्विन ११, मंगलवार १७:०२
NIMB
Nabil Bank

काठमाडौं । नेपालमा वर्षभरी हुने व्यापारको करिब ४० प्रतिशत व्यापार चाडपर्वकै समयमा हुन्छ । यसको मुख्य कारण भनेको मानिकसको आवश्यकतासँगै विभिन्न वस्तु तथा सेवा उत्पादक तथा वितरक कम्पनीहरुले ल्याउने अफरका प्याकेजहरु नै हुन् ।

इन्टरनेट पछिल्लो समय हाम्रो दैनिक जिवनयापनको आधारभुत आवश्यकता नै बन्दै गएको छ । सोही विषयलाई मध्येनजर गर्दै नेपालका इन्टरनेट सेवा प्रदायक कम्पनीहरुले चाडपर्व लक्षित अफरका प्याकेजहरु सार्वजनिक गरिरहेका छन् ।

Citizen Life
Kumar Bank
Nepal Life

इन्टरनेट प्रयोगकर्ता बढेसँगै सेवा कम्पनहिरु पनि बढ्दो छ । तर यस्ता कम्पनीहरुले दिने सेवाको गुणस्तरमा भने सबैभन्दा बढी गुनासो पर्छ । त्यसैले प्रयोगकर्ताले पनि चाडपर्वमा कम्पनीहरुले चाडपर्वमा दिने अफरलाई अवसर मान्दै कम्पनी फेर्न गर्छन् । भने, कम्पनीहरुले भने चाडपर्वमै पुराना ग्राहक जोगाउँदै नयाँ ग्राहक बनाउन बम्पर अफरहरु ल्याउने गरेका छन् ।

सामान्यतय अन्य समयमा भन्दा चाडपर्वको समयमा इन्टरनेटको बढी प्रयोग हुँदा पनि इन्टरनेट प्रदायक कम्पनीहरुले छुट तथा उपहार योजनाहरु ल्याएका हुन् । यसवर्ष पनि विभिन्न इन्टरनेट सेवाप्रदायक कम्पनीहरुले ल्याएका छुट तथा उपहार योजनाबारे हामीले तल चर्चा गरेका छौं ।

वल्डलिङ्कः कम्पनीले यस वर्षको दशैँ तिहार लक्षित गरी ‘फेस्टिभ अफर’ सार्वजनिक गरेको छ । कम्पनीले सो अफर अन्तरगत रहेर एक वर्षे सब्सक्राइब गर्ने ग्राहकलाई २६ हजार रुपैयाँ पर्ने यासुदाको एलईडी टिभी, ७ हजार रुपैयाँको नोकिया मेश राउटर बिकटन, ४५ सय रुपैयाँको नेटटिभी सेट–टप बक्स र ५ हजार रुपैयाँको डुअल ब्यान्ड राउटरसँगै १२ हजार ६ सय रुपैयाँमा एक वर्षको लागि २ सय एमबीपीएस इन्टरनेट अफर ल्याएको छ ।

भायनेटः कम्पनीले चाडपर्व लक्षित गरी ‘दशैँको मोड भायनेट साथ एस्ट्ट्रा राउटर छुट’ नामक अफर ल्याएको छ । जस अन्तरगर्त रहेर कम्पनीको सेवा खरिद गर्ने ग्राहकले एलइडी टिभी, स्मार्ट टिभी र नोकिया बिकटन १.१ मेस राउटर, एमआइ ४ए डुअलब्राण्ड राउटरदेखि सस्तोमा फास्ट इन्टरनेट प्याकेजहरु ल्याएको छ । जसमा मासिक ९९९ रुपैयाँमै २ सय एमबीपीएस इन्टरनेट र मासिक १५० रुपैयाँमा भायटिभी दिने अफर राखेको छ ।

सुबिसुः कम्पनीले चाडपर्व लक्षित विभिन्न योजना ल्याएको छ । कम्पनीले दशैं, तिहार तथा छठ पर्वलाई मध्यनजर गर्दै ‘दशै तिहार स्मार्ट अफर’ ल्याएको छ । जस अन्तरगत १२ महिनाको इन्टरनेट पयाकेज खरिद गर्ने ग्राहकलाई कम्पनीले टिभी र स्मार्टफोनमा विषेश छुट, भ्याट छुटका साथै सस्तोमा फास्ट इन्टरनेट प्याकेज उपलब्ध गराउने भएको छ । साथै, ४ हजार ९९९ रुपैयाँमै ३ महिनाको १ सय एमबीपीएस र १२ महिानाको लागि ७ हजार ९९९ रुपैयाँमा ३ सय एमबीपीएस इन्टरनेट अफर ल्याएको छ ।

डिशहोम फाईवरनेटः डिश होमले फाईवरनेटले पनि आफ्ना ग्राहकहरुका लागि चाडपर्वको अवसरमा विभिन्न अफर ल्याएको छ । इन्टरनेट प्रयोगकर्ताका लागि । कम्पनीले चाडपर्वको लक्षित ‘फेस्टिभ फाइबर नेट’ अफर ल्याएको हो ।

जस अन्तरगर्त रहेर डिशहोम फाइबर नेट खरिद गर्ने ग्राहकले ८७० रुपैयाँमा प्रति महिना पर्ने २०० एमबीपीएसको इन्टरनेट प्याकेज पाउने छन् । साथै प्रति महिना ५९५ रुपैयाँमा ७५ एमबीपीएस, ६८७ रुपैयाँमा १०० एमबीपीएस, ८२४ रुपैयाँमा १५० एमबीपीएस र ९१६ रुपैयाँमा २५० एमबीपीएसका प्याकेजहरु उपलब्ध रहेको छ ।

डिशहोमको यो प्याकेज अन्तर्गत इन्टरनेट खरिद गर्ने ग्राहकले एक बर्षको जडान गर्ने ग्राहकहरुले डुअल ब्यान्ड राउटर पनि सित्तैमा पाउनेछन् । साथै २५० रुपैयाँ प्रति महिनामा डिशहोम आई टिभीको सेवा खरिद गर्न सक्नेछन् ।

सीजीनेटः कम्पनीले ‘सीजी मल’ नामक चाडपर्व अफर सार्वजनिक गरेको छ । जसअन्तरगत रहेर कम्पनीकाे इन्टरनेट खरिद गर्ने ग्राहकहरुले ७५ एमबीपीएसदेखि ३०५ एमबीपीएससम्मको कुनै पनि इन्टरनेट प्याकेज खरिदमा २९९९० रुपैयाँ पर्ने ३२ इन्च सीजी स्मार्ट टिभी १५ हजार ५०० रुपैयाँमै पाउन सक्नेछन् ।

त्यस्तै ३९ हजार ७९० रुपैयाँ पर्ने ४३ इन्चको सीजी स्मार्ट टिभी २६ हजार रुपैयाँमै प्राप्त गर्न सकिनेछ ।

वाईफाई नेपालः कम्पनीले यस वर्षको चाडपर्व लक्षित गरी ‘दशैँको मास्टर प्लान’ नामक योजना सार्वजनिक गरेको छ । जसअन्तरर्गत ग्राहकले हाल प्रतिमहिना ३३३ रुपैयाँ खरिद गरी रहेको १० एमबीपीएस इन्टरनेट अब ५० एमबीपीएस पाउने छन् । साथै प्रतिमहिना ८० एमबीपीएस इन्टरनेट ५ सय रुपैयाँमै खरिद गर्न पाउनेछन् ।

क्लासिक टेकः कम्पनीले चाडपर्व लक्षित गरी ‘बडा फेस्बिलको दर्शन हजुर’ नामक अफर प्याकेज सार्वजनिक गरेको छ । जसअन्तरत रहेर कम्पनीको इन्टरनेट खरिद गर्ने ग्राहकले ४३ इञ्चको स्मार्ट टिभी, ३२ इञ्चको एलइडी टिभी खरिदमा नगद छुट पाउनेछन् । भने, सस्तो मुल्यमै ५० एमबीपीएसदेखि १०० एमबीपीएससम्मका इन्टरनेट प्योकजका अफर ल्याएको हो ।

वेवसर्फरः कम्पनीले चाडपर्व लक्षित गरी ‘वेव सर्फरको इन्टरनेट प्लस टिभी दशैँ अफर’ नामक योजना ल्याएको छ । जसअन्तरगत रहेर ग्राहकले १०० एमबीपीएस इन्टरनेट २ वर्षको लागि १८ हजार रुपैयाँमै खरिद गर्न सक्नेछन् ।

साथै, सेट–अफ बक्स, राउटर र आइपीटिभी फ्रि पाउने कम्पनीले जनाएको छ ।

यस्तै, कम्पनीले दशै अफर अन्तरर्गत ९ हजार ५ सय रुपैयाँमा १११ एमबीपीएस र ५ सय रुपैयाँको निशुल्क राउटर दिनेछ । भने तार र इन्स्टलेसन समेत निशुल्क गर्ने कम्पनीले उल्लेख गरेको छ ।

नेपाल टेलिकमः नेपाल टेलिकमले चाडपर्वको अफर सार्वजनिक गर्दै असोज ९ गतेदेखि विभिन्न डाटा र भ्वाइस प्याक तथा रिर्चाज गर्दा बोनस प्राप्त गर्ने सकिने अफर सार्वजनिक गरेको छ । कम्पनीको उक्त अफर असोज २३ गते सम्म मात्र उपलब्ध हुने उल्लेख गरेको छ ।

कम्पनीको उक्त अफरहरु टेलिकमका अनुसार डाटा प्याक अन्तर्गत २९४ रुपैयाँमा २० जीबी डाटा १० दिनको लागि र ९८ रुपैयाँमा ६ जीबी डाटा ३ दिनको लागि प्रयोग नर्ग सकिने अफर कम्पनीले ल्याएको हो ।

साथै १ दिनका लागि अनलिमिटेड प्रयोग गर्न सकिने १ एमबीपिएसको डाटा प्याक र अलनेट अनलिमिटेट भ्वाइस प्याक जम्म ४९ रुपैयाँमा उपलब्ध गरेको छ । कम्पनीले उपलब्ध गराएको यी प्याकेजहरु जुनसुकै समयमा प्रयोग गर्न सकिनेछ ।

कम्पनीको अनुसार २ सयदेखि ४ सय ९९ रुपैयाँसम्म रिर्चाज गर्दा बोनस स्वरुप ५ सय एमबी डाटा प्रप्त गर्न सकिने छ । उक्त डाटा २ दिनको लागि मात्र मान्य हुनेछ । ५ सय भन्दा बढी रिर्चाज गरेमा ४ दिनसम्म प्रयोग गर्न सकिने १,०२४ एमबी डाटा प्याक उपलब्ध हुनेछ ।

 

 

GBIME

प्रतिक्रिया दिनुहोस्