Shikhar Insurance

२ सय रुपैयाँले बढ्यो सुनको मुल्य

सिंहदरबार संवाददाता
२०७९ आश्विन १२, बुधबार १०:२२
NIMB
Nabil Bank

काठमाडौं । बुधबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन प्रतितोला २ सय रुपैयाँले बढको छ ।

बुधबार छापावल सुन प्रतितोला २ सय रुपैयाँले बढेर ९१ हजार ६ सय रुपैयउाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन छापावल सुन प्रतितोाल ९१ हजार ४ सय रुपैयाँमा खरिदबिक्री भएको थियो ।

Citizen Life
Kumar Bank
Nepal Life

त्यसैगरि, तेजावी सुन पनि प्रतितोला २ सय रुपैयााले बढेको छ । बुधबार तेजावी सुन प्रतितोला ९१ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन तेजावी सुन प्रतितोला ९० हजार ९ सय रुपैयाँमा खरिदबिक्री भएको थियो ।

महासंघका अनुसार सुनको मूल्य बढे पनि चाँदी भने प्रतितोला ५ रुपैयाँले घटेको छ । बुधबार चाँदी प्रतितोला ११ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन चाँदी ११ सय ५० रुपैयाँमा खरिदबिक्री भएको थियो ।

नेपालमा अन्तर्राष्ट्रिय बजार मुल्यको आधारमा सुनचाँदीको मुल्य तोक्ने गर्छ ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्