सामान्य अंकले बढ्यो नेप्से, काराेबार रकम भने घट्याे

सिंहदरबार संवाददाता
२०७९ आश्विन १२, बुधबार १५:३३

काठमाडौं । बुधबार सेयर बजार सामान्य अंकले उकालो लागेको छ । मंगलबार दोहोरो अंकले बढेको सेयर बजार यस दिन पनि सकारात्मक देखिएको हो ।

नेपाल स्टक एक्सचेन्ज(नेप्से)का अनुसार परिसूचक ६.४१ अंकले बढेर १८३७.४६ को विन्दुमा पुगेर बन्द भएको छ ।

त्यस्तै, ठुला कम्पनीको सेयर मापक सेन्सेटिभ इण्डेक्स पनि १.४५ अंकले बढेर ३५९.५९ को विन्दुमा बन्द भएको छ ।

यसदिन २२१ कम्पनीको ४८ करोड ५४ लाख ८ हजार रुपैयाँ बराबरको १३ लाख ७० हजार ४ सय ७७ कित्ता सेयर खरिदबिक्री भए । दशैं पर्व नजिकिएसँगै कारोबार रकम भने घट्दै गएको हो । सो दिन कारोबारमा आएको १०० कम्पनीको सेयर मूल्य बढेको छ । ७४ कम्पनीको घटेको छ । भने ११ कम्पनीको सेयर मूल्य स्थिर छ ।

सो दिन मन्दाकिनी हाइड्रोपावर कम्पनीको सेयर मूल्य सबैभन्दा बढी ९.२० प्रतिशतले बढेको छ । अभियान लघुवित्तको सेयर मुल्य ८.१९ प्रतिशतले बढेको छ । भने राप्ती हाइड्रोपावर कम्पनीको सेयर मूल्य सबै भन्दा धेरै ६.०६ प्रतिशतले घटेको छ ।

कारोबार रकमको आधारमा नेशनल माइक्रोफाइनान्सको संस्थापक सेयर शिर्ष स्थानमा रहेको छ । नेशनल माइक्रोफाइनान्सको ४ करोड ७५ लाख रुपैयाँ बराबरको संस्थापक सेयर कारोबार भएको छ । यस्तै नबिल बैंकको पनि २ करोड ६९ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।
यस दिन कारोबार आएका १३ वटा उपसमुहमध्ये ९ उपसमुहको सूचक सकारात्मक बनेका छन् भने ४ उपसमुहको सूचक भने नकारात्मक भएका छन् । माइक्रोफाइनान्स उपसमुहको सूचक सर्वधिक ०.९६ प्रतिशतले बढ्दा म्युचुअल फण्ड उपसमुहको सुचक सबै भन्दा धेरै ०.४३ प्रतिशतले घटेको छ ।

प्रतिक्रिया दिनुहोस्