Shikhar Insurance

गुँरास लाइफ इन्स्योरेन्सले लाभांश वितरण गर्न बोलायो साधारणसभा, बुकक्लोज कहिले?

सिंहदरबार संवाददाता
२०७९ आश्विन १३, बिहीबार ११:१३
NIMB
Nabil Bank

काठमाडौं । गुँरास लाइफ इन्स्योरेन्सले लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । इन्स्योरेन्सले लाभांश वितरणको प्रस्ताव गरेर कम्पनीको बाह्रौ वार्षिक साधारणसभा बोलाएको हो ।

इन्स्योरेन्सको हाल कायम चुक्ता पूँजीको ७.४४२५ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.३९१७१ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

Citizen Life
Kumar Bank
Nepal Life

इन्स्योरेन्सले कार्तिक ४ गते कम्पनीको प्रधान कार्यलयमा बिहान ११ बजे सभा बोलाएको छ । सभामा कम्पनीले युनियन लाइफ र प्राइम लाइफ इन्स्योरेन्ससँग मर्जरमा जान स्वीकृति प्रदान गर्ने तथा तथा मर्जर सम्बन्धमा सञ्चालक समितिले गरेका अन्य निर्णयहरु अनुमोदन गर्ने प्रस्ताव लैजादै छ ।

साधारणसभा प्रयोजनको लागि कम्पनीले असोज २६ गते (सेयरधनी किताब बन्द) बुक्लोज गर्ने भएको छ । असोज २५ गतेसम्म नेप्सेमा सूचिकृत कायम सेयरधनीले मात्र सभामा भाग लिन पाउनेछन् ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्