Shikhar Insurance

१२ सय रुपैयाँले बढ्यो सुनको मुल्य

सिंहदरबार संवाददाता
२०७९ आश्विन १३, बिहीबार १०:०७
NIMB
Nabil Bank

काठमाडौं । बिहीबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । चडपर्व नजिकीदै गर्दा सुनको मुल्य एकै दिन १२ सय रुपैयाँले बढेको हो ।

बिहीबार छापावल सुन प्रतितोला १ हजार २ सय रुपैयाँले बढेर ९२ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन छापावल सुन प्रतितोला ९१ हजार ६ सय रुपैयाँमा खरिदबिक्री भएको थियो ।

Citizen Life
Kumar Bank
Nepal Life

त्यस्तै, तेजावी सुन पनि प्रतितोला १ हजार २ सय रुपैयाँले बढेको छ । बिहीबार तेजावी सुन प्रतितोला ९२ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन तेजावी सुन प्रतितोला ९१ हजार १ सय रुपैयाँमा खरिदबिक्री भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार चाँदी प्रतितोला २५ रुपैयाँले बढेको छ । बिहीबार नेपाली बजारमा चाँदीको मुल्य १ हजार १ सय ७० रुपैयाँ रहेको छ । अघिल्लो दिन चाँदी १ हजार १ सय ४५ रुपैयाँमा खरिदबिक्री भएको थियो ।

नेपालमा महासंघले अन्तर्राष्ट्रिय बजार मुल्यको आधारमा सुनचाँदीको मुल्य निर्धारण गर्छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्