Shikhar Insurance

दशैं अघिको अन्तिम कारोबारको दिन दोहोरो अंकले बढ्यो नेप्से

सिंहदरबार संवाददाता
२०७९ आश्विन १३, बिहीबार १५:२५
NIMB
Nabil Bank

काठमाडौं । दशैं अघि कारोबार हुने अन्तिम दिन सेयर बजार दोहोरो अंकले बढेको छ । यसदिन सेयर बजार दोहोरो अंकले बढेर दशैंलाई स्वागत गर्दै बन्द भएको हो । अब दशैं विदापछि पनि सेयर बजार सकारात्मक गतिमा अघि बढ्ने लगानीकर्ताहरुले अपेक्षा गरिरहेका छन् ।

नेपाल स्टक एक्सचेन्जका अनुसार बिहीबार परिसूचक १६.२९ अंकले बढेर १,८५३.७६ को विन्दुमा बन्द भएको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

त्यस्तै, ठुला कम्पनीको सेयर मापक सेन्सेटिभ इण्डेक्स पनि ३.८३ अंकले बढेर ३६३.४२ को विन्दुमा बन्द भएको हो ।

दिनभरीमा २२३ कम्पनीको ६३ करोड २४ लाख ७ हजार रुपैयाँ बराबरको १७ लाख ९१ हजार ४८० कित्ता सेयर खरिदबिक्री भए । सो दिन कारोबारमा आएको १३४ कम्पनीको सेयर मूल्य बढेको छ । ४७ कम्पनीको घटेको छ । भने ५ कम्पनीको सेयर मुल्य स्थिर छ

कारोबार रकमको आधारमा नेपाल इन्स्योरेन्सको सेयर सर्वाधिक कारोबार भएको छ । इन्स्योरेन्सको ४ करोड ४८ लाख ५० हजार रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको हो ।

त्यगसैगरी, नबील बैंकको २ करोड ९० लाख ८६ हजार, नेपाल टेलिकमको २ करोड ६२ लाख ९५ हजार, रिडी पावर कम्पनीको २ करोड २० लाख ८८ हजार र हिमालयन डिस्टिलरीको २ करोड ५ लाख २८ हजार रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ ।

अभियान लघुवित्तको सेयर मूल्य सबैभन्दा बढी ९.९८ प्रतिशतले बढेको छ । गुँरास लघुवित्तको सेयर मूल्य ५.७६ प्रतिशतले बढेको छ । भने, समलिङ्गी पावर कम्पनीको सेयर मुल्य सबैभन्दा धेरै ७.९४ प्रतिशतले घटेको छ ।

समूहगत उपसूचकहरु मध्ये १२ वटा बढेको छ । भने जीवन बीमा समूहको परिसूचक ०.०६ प्रतिशतले घटेको छ ।

 

बिहीबार

GBIME

प्रतिक्रिया दिनुहोस्