Shikhar Insurance

लक्ष्यअनुसार राजस्व सङ्कलन गर्न सकेन, ६५ प्रतिशत मात्रै राजस्व सङ्कलन

सिंहदरबार संवाददाता
२०७९ आश्विन १३, बिहीबार १८:४६
NIMB
Nabil Bank

विराटनगर । विराटनगर भन्सार कार्यालयले भदौ महिनामा लक्ष्यको ६५‍.२३ प्रतिशत मात्रै राजस्व सङ्कलन गरेको छ । विराटनगर भन्सारले भदौ महिनाका लागि ४ अर्ब ७६ करोड ८५ लाख २९ हजार रुपैयाँ राजस्व असुलीको लक्ष्य पाएकामा तीन अर्ब ११ करोड १ लाख ८० हजार रुपैयाँ राजस्व सङ्कलन गर्न सफल भएको हो ।

विराटनगर भन्सारले साउन महिनामा पनि लक्ष्यअनुसार राजस्व सङ्कलन गर्न सकेको थिएन । साउनमा लक्ष्यको करिब ८१ प्रतिशत राजस्व सङ्कलन गरेको थियो । साउन महिनामा विराटनगर भन्सारले ३ अर्ब ६४ करोड ८६ लाख ४१ हजार रुपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष्य पाएको थियो । कार्यालयले सो महिला २ अर्ब ९५ करोड १४ लाख ७० हजार रुपैयाँ सङ्कलन गरेको थियो ।

Citizen Life
Kumar Bank
Nepal Life

विराटनगर भन्सार कार्यालयका सूचना अधिकारी रामचन्द्रप्रसाद ढुङ्गानाले सरकारले आयातमा गरेको कडाइ र भारतीय सीमावर्ती जोगबनी बजार नजिकैको वीरगञ्ज पुल भासिएर सडक अवरुद्ध भएका कारण विराटनगर नाकाबाट हुने आयात अन्य नाकाबाट हुन थालेका कारण राजस्व सङ्कलन प्रभावित भएको बताए ।

GBIME

प्रतिक्रिया दिनुहोस्