Shikhar Insurance

पिपुल्स हाइड्रोपावरको आईपीओमा आवेदन दिने अवधि लम्बियो

सिंहदरबार संवाददाता
२०७९ आश्विन १४, शुक्रबार ०९:३०
NIMB
Nabil Bank

काठमाडौं । पिपुल्स हाइड्रोपावर कम्पनीले निष्काशन तथा बिक्री गरेको आईपीओमा आवेदन दिने अवधि लम्बिएको छ । कम्पनीले भदौ ३१ गतेदेखि आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि निष्काशन तथा बिक्री खुल्ला गरेको आईपीओमा असोज ३० गतेसम्म आवेदन दिन सकिनेछ ।

कम्पनीको आईपीओ निष्काशन बन्द छिटोमा असोज १४ गते हुने भनेकोमा सो अवधिसम्म पूर्ण आवेदन नपरकाले आवेदन दिने म्याद असोज ३० गतेसम्म लम्बिएको हो । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल रहेको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

कम्पनीले आचफ्नो जारी पूँजी ३ अर्ब २० करोड रुपैयाँको १० प्रतिशत हुन आउने प्रतिकित्ता अंकित मूल्य १०० रुपैयाँका दरले ३२ लाख कित्ता आईपीओ निष्काशन गरेको हो । कम्पनीले निष्काशन गरेको सो आईपीओ मध्ये आयोजना अति प्रभावित क्षेत्र दोर्दी गाँउपालिकाका वडा नं. ६ र ७ का स्थानियका बासिन्दाका लागि ३० प्रतिशत अर्थात ९ लाख ६० हजार कित्ता लमजुङ्ग जिल्लाका स्थानिय बासिन्दाहरुले ७० प्रतिशत अर्थात २२ लाख ४० हजार कित्ता आईपीओको लागि आवेदन दिन सक्नेछन् ।

कम्पनीको आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्ता आईपीओ खरिदका लागि अवेदन दिन सक्नेछन् । भने अधिकतममा १ लाख कित्तासम्म आईपीओ खरिदका लागि आवेदन दिन सक्नेछन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्