Shikhar Insurance

२ सय रुपैयाँले बढ्यो सुनको मूल्य

सिंहदरबार संवाददाता
२०७९ आश्विन १४, शुक्रबार १०:५९
NIMB
Nabil Bank

काठमाडौं । साताको अन्तिम कारोबारको दिन सुन मूल्य बढेको छ । शुक्रबार सुन प्रतितोला २ सय रुपैयाँले बढेको हो ।

शुक्रबार नेपाली बजारमा छापावल सुन प्रतितोला २ सय रुपैयाँले बढेर ९३ हजार रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन सुन प्रतितोला ९२ हजार ८ सय रुपैयाँमा खरिदबिक्री भएको थियो ।

Citizen Life
Kumar Bank
Nepal Life

त्यस्तै, तेजावी सुन पनि प्रतितोला २ सय रुपैयाँले बढेको छ । शुक्रबार तेजावी सुन ९२ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन तेजावी सुन ९२ हजार ३ सय रुपैयाँमा खरिदबिक्री भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार चाँदीको मूल्य स्थिर रहेको छ । शुक्रबार चाँदी अघिल्लो दिनको बराबरी १ हजार १ सय ७० रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।

नेपालमा अन्तर्राष्ट्रिय बजार मूल्यको आधारमा सुनचाँदीको मूल्य तोक्ने गर्छ ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्