Shikhar Insurance

भिम रावल र घनश्याम भुषालले एमालेबाट टिकट नपाउने पक्का

सिंहदरबार संवाददाता
२०७९ आश्विन १६, आईतवार १६:१६
NIMB
Nabil Bank

काठमाडौं । एमाले नेता भिम रावल र घनश्याम भुषालले प्रतिनिधी सभाको टिकट नपाउने पक्का भएको छ । तत्कालिन माधव नेपाल समुहमा रहेका नेतामध्ये रावल र भुषाललाई कुनै पनि हालतमा टिकट नदिने निष्कर्षमा एमाले अध्यक्ष ओली र उनको समुह पुगेको हो ।

भिम रावललाई जिल्ला कमिटीले एकल सिफारिस गरेको प्रति नै असन्तुष्ठ रहेका ओलीले टिकट नदिने स्पष्ट पारिसकेका छन् । उता, रुपन्देही १ बाट सिफारिसमा परेका घनाश्याम भुषालको क्षेत्र राप्रपाका दिपक बोहरालाई दिने निश्चित भैसकेको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

एमाले प्रतिनिधी सभा, प्रदेश सभाको प्रत्यक्ष र समानुपातिक तर्फको सबै टिकटबारे निर्णय गर्ने अधिकार अध्यक्ष ओलीलाई दिईसकेको छ । ओलीको कडा आलोचक मानिने रावल र भुषाललाई उम्मेदवार बन्नबाटै रोकेर ओलीले बदला लिन खोजेका हुन् ।

माधव नेपालले पार्टी बिभाजन गर्नुको प्रमुख कारण नै रावल र भुषाल हुन् भन्ने निष्कर्षमा ओली पुगेका छन् । माधव नेपाललाई पार्टी विभाजनका लागि उक्साएर रावल र भुषालले एमाले रोजेको उनले बताउने गरेका छन् ।
रावल र भुषालकै उक्साहटमा माधव नेपाल पार्टी विभाजनका लागि तयार भएको तर अन्तिममा तिनै दुई भाईले धोका दिएको ओलीको बुझाई छ । आफु विरुद्ध विश्वासको मत नदिने एजेण्डाको नेतृत्व पनि यीनै दुई भाईले गरेको ओलीले बताउँदै आएका छन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्