Shikhar Insurance

छोरीको सिट सुरक्षित गर्दै डा. बाबुराम भट्टराईद्वारा चुनाव नलड्ने घोषणा

सिंहदरबार संवाददाता
२०७९ आश्विन १७, सोमबार १४:३६
NIMB
Nabil Bank

काठमाडौं । डा. बाबुराम भट्टराईले प्रतिनिधि सभाको चुनाव नलड्ने घोषणा गरेका छन् । गोर्खा जिल्लाबाट निर्वाचन लड्ने तयारी गरेका भट्टराईले अब प्रत्यक्ष चुनावमा नउठ्ने घोषणा गरेका हुन ।

उनी समानुपातिक सूचिमा पनि छैनन् । डा. भट्टराईले निर्वाचनमा प्रतिस्पर्धा नगर्ने र राजनीति पनि नछाड्ने स्पष्ट पारेका छन् । यस अघि २०६४, २०७० र २०७४ मा भट्टराई गोर्खाबाट प्रत्यक्ष निर्वाचित भएका थिए । उनले माओवादी केन्द्रको चुनाव चिन्हबाट प्रतिस्पर्धा गर्ने बताएका थिए ।

Citizen Life
Kumar Bank
Nepal Life

आफु चुनाव नलड्ने घोषणा गर्दै भट्टराईले छोरी मानुशी यमि भट्टराईलाई भने काठमाडौं ७ को सिट सुनिश्चित गरिदिएका छन् । छोरीको राजनीतिमा सुरक्षित गरेर भट्टराईले आफू चुनाव नलड्ने घोषणा गरेको आरोप भने लागेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्