Shikhar Insurance

क्रिप्टो/बिटक्वाइनले समानान्तर अर्थतन्त्र चलाईसके ‘डिजिटल करेन्सी’ ल्याउनुको विकल्प छैन्

सिंहदरबार संवाददाता
२०७९ आश्विन २९, शनिबार १०:२३
NIMB
Nabil Bank

काठमाडौं । नेपालमा डिजिटल करेन्सी अर्थात डिजिटल मुद्राको विज्ञका रुपमा चिनिन्छन् सुनिल पोखरेल । सिभिल बैंकको प्रमुख कार्यकारी अधिकृत समेत रहेका पोखरेलले नेपाल राष्ट्रका गभर्नरलाई समेत साक्षी राखेर डिजिटल मुद्राबारे आफ्नो प्रस्तुति दिने गरेका छन् ।

अधिकांश देशका केन्द्रिय बैंकहरुले सीबीडीसी अर्थात ‘सेन्ट्रल बैंक डिजिटल करेन्सी’ जारी गर्ने प्रक्रियाबारे अध्ययन गरिरहेका छन् । भारत र चीनले सन २०२३ बाटै सीबीडीसी ल्याउने भनेका छन् । चीनले त आफ्ना केहि प्रान्तहरुमा त्यस्तो करेन्सी लागु पनि गरिसकेको छ । नेपाल राष्ट्र बैंकले पनि डिजिटल करेन्सीबारे कन्सेप्ट पेपर तयार पारेर प्रतिक्रिया मागिरहेको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

क्रिप्टो/बिटक्वाइनले सरकारी मुद्रालाई चुनौती दिएर समानान्तर अर्थतन्त्रको अभ्यास गरेपछि अधिकांश देशका केन्द्रिय बैंकहरु पनि डिजिटल मुद्रा ल्याउने बाटोमा लाग्न बाध्य भएका हुन् । नेपालमा डिजिटल मुद्राबारे चासो राख्ने, अध्ययन, अनुसन्धानमा बिशेष ध्यान दिने पोखरेलसँग यीनै बिषय वस्तुको सेरोफेरोमा रहेर सिंहदरबारले गरेको कुराकानीको सार ।

१) अहिले मोबाइल वालेटबाट पनि डिजिटल करेन्सीको अभ्यास भैरहेको छ तर त्यो बैंकहरुले जारी गरेको डिजिटल पैसा हो । भर्चुअल करेन्सी होइन् ।
२) अहिले हामीले प्रयोग गर्ने भौतिक मुद्रा(कागजी नोट)को सट्टा केन्द्रिय बैंकले डिजिटल करेन्सी उपलब्ध गराउँछ । त्यसमा कागजको साटो डिजिटल पैसा हुन्छ, त्यसको कोड हुन्छ ।

३) चीनले डिजिटल करेन्सी जारी गरिसकेको छ, २८ करोड चिनियाँले वालेट डाउनलोड गरेका छन् र सिमित प्रदेशहरुमा त्यस्तो कारोबार भैरहेको छ । त्यहाँ वीच्याट र अलिपे मार्फत ८० प्रतिशत कारोबार डिजिटल कारोबार हुन्छ ।
४) नेपालमा पनि सीबीडीसीको कन्सेप्ट पेपर तयार भएर थप छलफल भैरहेको छ । नेपाल जस्तो देशमा वित्तिय समावेशिकरणका लागि पनि डिजिटल करेन्सी अत्यावश्यक छ । बैंकमा जान नचाहनेहरुका लागि मोबाइलमै पैसा उपलब्ध हुने वातावरण बन्छ । सिरानीमा नोट राखेर बस्नेहरुले पनि सिधै डिजिटल करेन्सी चलाउन सक्ने वातावरण बन्छ ।
५) एकाउन्ट बेस्ड डिजिटल करेन्सी ल्याउने हो भने बैंकहरुलाई समस्या हुन सक्छ, त्यस्तो अवस्थामा बैंकसँग बजारमा पठाउने पैसा नै नहुन सक्छ । तर टोकनको मोडलमा गयो भने बैंकहरुको भूमिका पनि रहन्छ । संसारभर टोकनकै मोडलमा काम भैरहेको छ, भारतमा पनि त्यस्तै भैरहेको छ ।
६) पैसा कहिल्यै लोप हुन्न, हामीलाई मेडियम अफ एक्सचेञ्ज आवश्यक नै पर्छ, डिजिटल मुद्रा आयो भने पैसाको महत्व झनै बढ्छ ।
७) डिजिटल करेन्सीले नेपाली मुद्राको विश्वव्यापीकरणमा सहयोग गर्छ, अहिले नोट बोकेर जानु पर्छ, सीबीडीसी आएपछि विदेशमा कोड मार्फत नेपाली मुद्रा चलाउन सकिन्छ, त्यसका लागि हामीले लबिङ गर्न सक्नुपर्छ । मल्टि करेन्सी सीबीडीसीको अवधारणामा काम गर्नुपर्ने हुन्छ ।
८) सीबीसीले अन्तराष्ट्रिय व्यापारको डाइमेन्सन नै बदल्न सक्छ । देशको अर्थतन्त्रलाई कुनै अतिरिक्त जोखिम हुन्न । अर्थतन्त्रको जोखिम घटाउन सक्छ । औपचारिक अर्थतन्त्रको निर्माण हुन्छ ।
९) सरकारले नागरिकसँग भएको पैसालाई कहाँ खर्च गर्ने हो भनेर तोकिदिन सक्छ, त्यस्तो रकम अन्यत्र खर्च गर्नै नपाउने बनाउन सकिन्छ । बैंकहरुले कृषिका लागि मात्रै भनेर ऋण दिन सक्छन् । गाडी किन्न मात्रै भनेर ऋण दिन सक्छन् । त्यस्तो पैसा अन्त खर्च गर्नै नमिल्ने बनाउन सकिन्छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्