Shikhar Insurance

‘निजी क्षेत्रलाई घाँटी निमोठ्दै बैंकले कमाउने बाटोमात्रै खोजे, गभर्नरसँग समाधानको पहल गर्दैछौं’

सिंहदरबार संवाददाता
२०७९ कार्तिक ३, बिहीबार १३:३९
NIMB
Nabil Bank

काठमाडौं । नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष शेखर गाल्छाले पछिल्लो समय बैंकिङ क्षेत्रमात्र नाफा रहेको बताएका छन् । अर्थतन्त्र नै संकटमा गएर सबै क्षेत्रले घाटा ब्यहोर्नु पर्दा बैंकिङ क्षेत्रले भने चलाखी गर्दै निजी क्षेत्रको घाँटी निमोठ्दौ नाफा कमाएको दावी गरेका हुन् ।

महासंघद्वारा आयोजित आउँदै गरेको तिहार तथा छट पर्वको शुभकामना आदानप्रदान कार्यक्रममा उनले बैंक तथा वित्तीय संस्थाले नाफा घट्न नदिनको लागि नियमनको ‘लुप होल’ खोज्दै व्यवसायीको डाढ सेक्ने गरी ब्याजदर बढाएको गुनासो गरेका थिए । बैंकले अत्याधिक ब्याजदर बढाउनुको साथै प्रिमियम समेत बढाएर मनग्य नाफा कमाएको उनको भनाइ छ ।

Citizen Life
Kumar Bank
Nepal Life

‘अर्थतन्त्र नै संकटमा भएको अहिलेको अवस्थामा सबै क्षेत्र घाटामा छ, यस्तो अवस्थामा नाफा कमाउने एकमात्रै बैंकिङ क्षेत्र हो,’ कार्यक्रममा महासंघका अध्यक्ष गोल्छाले भने, ‘अहिले कर्जाको ब्याज नै १८ प्रतिशत पुगिसकेको छ भने केही बैंकहरुले २ प्रतिशतसम्म प्रिमियम समेत थप गरिरहेका छन्, यसले गर्दा उद्योगी व्यवसायी कर्जा साँवाको कुरै छोडौं ब्याज समेत तिर्न नसक्ने अवस्थामा पुगेका छन् ।’

एक पटक तय गरिएको प्रिमियममा कर्जा अवधिभर थप गर्न नपाउने राष्ट्र बैंकको नीति भएपनि बैंकहरुले नियमनको लुप होल खोज्दै ब्याजदर अत्याधिक बढाएको उनको गुनासो थियो । सो विषयमा महासंघको टिमले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई भेटेर समस्या समाधानको पहल गर्ने उनले जानकारी दिए । साथै, उद्योग तथा पयर्टन क्षेत्रको पुनरसंरचना, पुनरकर्जा र पुनरतालिकिकरण जस्ता सुविधाको आवश्यता अझै रहेको बताउँदै उनले सो विषयलाई समेत राष्ट्र बैंकले सम्बोधन गर्नु पर्ने बताए ।
शोधानान्तर घाटा बढ्नु, विदेशी संचिति घट्नु, ब्याजदर अधिकतम बढेर १८ प्रतिशतसम्म पुग्नु अहिलेको मुख्य समस्या भएको उनले कार्यक्रममा बताए ।

बीमासहित देशका सबै क्षेत्रमा उच्च गिरावट आएको भन्दै अध्यक्ष गोल्छाले देशको आर्थिक अवस्था कमजोर बन्दै गएको बताए ।

‘आर्थिक संकटको असरले बीमा क्षेत्रसमेत प्रभावित भएको छ । निर्जीवन बीमा मात्रै नभएर जीवन बीमा क्षेत्रको प्रिमियम पनि नराम्ररी घटेको छ,’ उनले भने, ‘निर्जीवन बीमा क्षेत्रमा प्यानडामिक पछि व्यापार विस्तारमा कमी आएको कारण असर देखिनु स्वभाविक नै रहेपनि जीवन बीमाको व्यापारमा समेत गिरावट आउनु ठूलो चिन्ताको विषय हो ।’

उनले कोरोनाको प्रभाव, बाह्य क्षेत्रको असन्तुलन र तरलता लगायतका समस्याका कारण व्यवसायहरूमा समस्या देखिएको बताए । तर, पछिल्लो समय वैदेशिक रोजगारीमा जाने संख्यामा वृद्धि हुँदा रेमिट्यान्स बढेको हुँदा सो समस्या ३/४ महिना पनि समाधान हुने जिकिर गरे ।

 

 

 

GBIME

प्रतिक्रिया दिनुहोस्