Shikhar Insurance

स्टक, ब्रोकर र लघुबीमा कम्पनीको लाइसेन्स वितरण प्रक्रिया तत्काललाई स्थगित

सिंहदरबार संवाददाता
२०७९ कार्तिक ४, शुक्रबार १८:५८
NIMB
Nabil Bank

काठमाडौं । स्टक, ब्रोकर र बीमा कम्पनीको लाइसेन्स वितरण प्रक्रिया तत्काललाई स्थगित भएको छ । निर्वाचन आचार संहिता विरुद्ध लाइसेन्स प्रक्रिया भएको भन्दै निर्वाचन आयोग र सर्वोच्च अदालतको आदेशमा तत्काललाई स्थगित भएको हो ।

प्रतिनिधि सभा तथा प्रदेश सभाको चुनाव आगामी मंसिर ४ गते हुँदैछ भने गत असोज १२ गतेदेखि नै निर्वाचन आचार संहिता लागू भएको हो । निर्वाचन आचार संहिता लागू भएपछि लाइसेन्स प्रक्रिया गरिएको भन्दै सोको विरुद्धमा सर्वोच्चमा रिट परेको थियो । उक्त रिटमा सुनुवाइ गर्दै सवोच्चले शुक्रबार नयाँ स्टक र ब्रोकर लाइसेन्स प्रक्रिया तत्काललाई अघि नबढाउन अल्पकालिन अन्तिरिम आदेश जारी गरेको हो ।

Citizen Life
Kumar Bank
Nepal Life

बोर्डले गत असोज २ गते ३० दिने सुचना जारी गर्दै नयाँ ब्रोकर र ४५ दिने सुचना जारी गरी नयाँ स्टक एक्सचेञ्जकोे लागि आवेदन माग गरेको थियो । ब्रोकर कम्पनीको आवेदन दिने समय असोज ३१ गते समाप्त भईसकेको छ भने स्टकको आवेदन दिनेसमय काक्तिक १५ गतेसम्म रहेको छ ।

जसमा ४५ वटा कम्पनीले सेयर ब्रोकरको लाइसेन्स माग गर्दै आवेदन दिएका छन् भने, धितोपत्र बोर्ड लाइसेन्स वितरणको लागि आवश्यक प्रक्रियामा छ । सो प्रक्रियालाई अर्को आदेश जारी नहुँदासम्म स्थगित गर्न न्यायधीश लितप्रसाद श्रेष्ठको एकल इजलासले आदेश जारी गरेको हो ।

यस्तै, गत भदौ १० गते बीमा समितिले ३५ दिने सुचना जारी गरी ७ वटा लघुबीमा कम्पनीहरुकोे लागि आवेदन माग गरेको थियो । सो अवधिमा ३१ वटा कम्पनीले लघुबीमाको लाइसेन्स माग गर्दै आवेदन दिइसकेको छन् भने हाल समिति लाइसेन्स वितरणको प्रक्रियामा छ । सो प्रक्रिया समेत निर्वाचन पछिमात्रै पुरा गर्न निर्वाचन आयोगले समितिलाई निर्देशन दिइसकेको समिति स्रोतले बताएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्