Shikhar Insurance

पैसा जोगाएर राख्नुस्ः तिहार र छठ पर्वको बिदा पछि १४ अर्ब ९७ करोड रुपैयाँ बराबरको आईपीओ आउँदै

सिंहदरबार संवाददाता
२०७९ कार्तिक ९, बुधबार १३:४७
NIMB
Nabil Bank

काठमाडौं । तिहार तथा छठ पर्वको बिदा समाप्त भएपछि पुँजी बजारमा १४ अर्ब ९७ करोड रुपैयाँ बराबरको साधारण सेयर (आइपीओ) आउने भएको छ । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले ३५ वटा कम्पनीका कुल ६ करोड ५१ लाख बढी कित्ता आइपीओलाई निष्काशन तथा बिक्रीको स्वीकृति दिन लागेको हो ।

हाल विभिन्न क्षेत्रका ३५ वटा कम्पनीहरुले सर्वसाधारणका लागि आईपीओ निष्काशन तथा बिक्री खुला गर्न आफ्नो क्षमता अनुसारको आईपीओ जारी गर्न स्वीकृतिका लागि सेबोनमा आवेदन दिई पाइपलाइनमा रहेका छन् । जसलाई तिहार तथा छठ पर्वको बिदा समाप्त हुने बित्तिकै आवश्यक प्रक्रिया पुरा गरी स्वीकृति दिने सेबोनले जनाएको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

नेपाल धितोपत्र बोर्डमा आवेदन दिएका ३५ वटा कम्पनीहरु मध्ये १० वटा कम्पनीको आवेदन प्रारम्भिक रिभ्यूको चरणमै रहेको छ । १० वटा कम्पनीको आवेदन बोर्डले रिभ्यू गरेर कमेन्ट पठाइसकेको छ । भने, बाँकी १५ वटा कम्पनीले बोर्डले पठाएको प्रतिक्रियाको जवाफ पठाइसकेको छ । पाइपलाइनमा रहेका यी कम्पनीहरुले आईपीओ निष्काशन गर्न साधारण सभाबाट पारित गरी आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक नियुक्त गरी बोर्डमा आवेदन दिएका हुन् । विभिन्न क्षेत्रका ३५ वटा कम्पनीहरुले कुल १४ अर्ब ९७ करोड ७ लाख रुपैयाँ बराबरको आईपीओ निष्काशन तथा बिक्री गर्नका लागि बोर्डको अनुमति पर्खेर बसेका हुन् ।

बोर्डको पाइपलाइनमा विभिन्न क्षेत्रहरुबाट अनुमति पर्खेर बसेका कम्पनीहरु मध्ये सबैभन्दा बढी हाइड्रोपावर सेक्टरका कम्पनीहरु रहेका छन् । बोर्डको पाइपलाइनमा २० वटा हाइड्रोपावर कम्पनीहरु छन् । उत्पादन तथा प्रशोधनमुलक क्षेत्रका र अन्य क्षेत्रका ४ वटा रहेका छन् । इन्स्योरेन्स, माइक्रोफाइनान्स र होटल एण्ड टुरिजम क्षेत्रका २÷२ वटा र एउटा इन्भेष्टमेण्ट क्षेत्रका कम्पनी बोर्डको अनुमतिको पर्खाइमा रहेका छन् ।

हाइड्रोपावर कम्पनीहरु २० कम्पनी बोर्डको पाइपलाइनमा
नेपाल धितोपत्र बोर्डको पाइपलाइनमा रहेको २० वटा हाइड्रोपावर कम्पनीहरु रहेका छन् । ति कम्पनीहरु मध्ये पनि १४ वटाले सर्वसाधारण र आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि आईपीओ निष्काशन तथा बिक्री खुल्ला गर्न लागेका हुन् । भने, बाँकी ६ वटा कम्पनीले सर्वसाधारणका लागि मात्र आईपीओ निष्काशन गर्नेछन् ।

बोर्डको पाइपलाइनमा रहेको २० वटा हाइड्रोपावर कम्पनीहरु मध्ये सबैभन्दा बढी आईपीओ निष्काशन तथा बिक्री खुल्ला सानिमा मिडिल तमोर हाइड्रोपावर कम्पनीले गर्ने भएको छ । कम्पनीले अयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि अंकित मूल्य १०० रुपैयाँका दरले ८३ करोड ३१ लाख २५ हजार रुपैयाँ बराबरको ८३ लाख ३१ हजार २५० कित्ता आईपीओ निष्काशन गर्न लागेको हो । कम्पनीले आईपीओ निष्काशन तथा बिक्री खूल्ला गर्नका लागि असार २४ गते बोर्डमा आवेदन दिएको हो । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल रहेको छ ।

त्यस्तै, बिक्री प्रबन्धक एनआईसी एशीया क्यापिटल रहेको भुगोल इमर्जिङ डेभलपमेण्ट कम्पनीले १६ करोड ३२ लाख १६ हजार रुपैयाँ बराबरको १६ लाख ३२ हजार १६० कित्ता आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्काशनको अनुमति माग्दै गत वर्ष चैत २ गते बोर्डमा आवेदन दिएको हो ।

कुर्थेली बुखारी इस्मल हाइड्रोपावरले अंकित मूल्य १०० रुपैयाँका दरले २ लाख ४३ हजार ७३५ किता आईपीओ निष्काशन गर्न लागेको हो । कम्पनीले आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक एनएमबी क्यापिटललाई नियूत्ति गरि गत वर्ष साउन ३२ गते बोर्डमा आवेदन दिएको हो । अपर स्याङ्गे हाइड्रोपावरले ८ लाख ७० हजार कित्ता, रवा इनर्जी डेभलपमेण्टले ८ लाख ४० हजार, डोल्टी पावर कम्पनीले १६ लाख ९ हजार ४५८, सुप्रिम हाइड्रोपावरले १ लाख, मालुङ्ग हाइड्रोपावरले ३५ लाख ३१ हजार, एशियन हाइड्रोपावरले १ लाख १८ हजार, इग्वा हाइड्रोपावरले १ लाख ८० हजार, सुपर म्यादी हाइड्रोपावरले ३१ लाख ५० हजार, मक्कर जितुमाया सुरी हाइड्रोपावरले २२ लाख ८० हजार, थ्रि स्टार हाइड्रोपावरले १२ लाख ३१ हजार २५० र माया खोला हाइड्रोपावरले ३४ लाख कित्ता आईपीओ निष्काशन तथा बिक्री खुल्ला गर्न लागेका हुन् ।

यी १४ वटा कम्पनीहरुले बिक्री प्रबन्धक नियुत्त गरी अंकित मुल्य १०० रुपैयाँका दरले आयोजना प्रभावित क्षेत्र र सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्नका लागि बोर्डमा आवेदन दिएका हुन् । कम्पनीहरुले बोर्डबाट अनुमति पाएपछि आयोजना प्रभावित र सर्वसाधारणका लागि आईपीओ निष्काशन तथा बिक्री गर्नेछन् ।

त्यसैगरी, मोदी इमर्जिङ, मेन्छियम, अपर लोहरे, माईखोला, सगरमाथा र सुभम् हाइड्रोपावर कम्पनीहरु पनि आईपीओ निष्काशनका लागि बोर्डको पाइपलाइनमा रहेका छन् । मोदी इमर्जिङले ७२ लाख ५० हजार कित्ता, मेन्छियम हाइड्रोपावरले १६ लाख २७ हजार ७५०, अपर लोहारे हाइड्रोपावरले २४ लाख ९८ हजार ४०, माई खोला हाइड्रोपावरले १९ लाख २१ हजार ५६८, सगरमाथा हाइड्रोपावरले ५४ लाख ८८ हजार र सुभम् पवार कम्पनीले ५ लाख ८० हजार ५८० कित्ता आईपीओ निष्काशन गर्न लागेका छन् । यी ६ कम्पनीहरुले बोर्डबाट अनुमति पाएपछि अंकित मूल्य १०० रुपैयाँका दरले सर्वसाधारणका लागि आईपीओ निष्काशन तथा बिक्री खुला गर्नेछन् ।

उत्पादन तथा प्रशोधनमुलक क्षेत्रका ४ कम्पनी बोर्डको पाइपलाइनमा
बोर्डको आईपीओ निष्काशनका लागि पाइपलाइनमा उत्पादन तथा प्रशोधनमुलक क्षेत्रका ४ कम्पनीहरु रहेका छन् । यी ४ कम्पनीहरु मध्ये दूई कम्पनीले बुक विल्डिङ विधिबाट आईपीओ निष्काशन गर्ने लागेको हो । सर्वोत्तम सिमेन्ट र रिलायन्स स्पिनिङ मिल्सले बुक बिल्डिङ विधिमार्फत आईपीओ निष्काशन गर्नका लागि बोर्डमा आवेदन दिएका हुन् । दुबैले कम्पनीले सुरुमा योग्य संस्थागत लगानीकर्तालाई ४० प्रतिशत सेयर निष्काशन गर्नेछन् ।

सर्वोत्तम सिमेन्टले सुरुमा सेयर मूल्य ५०१ रुपैयाँदेखि ७५१ रुपैयाँ ५० पैसाको रेन्जमा २४ करोड रूपैयाँको २४ लाख कित्ता आईपीओ निष्काशनगर्ने तयारी गरेको छ । यसको बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटल रहेको छ ।

यस्तै, रिलायन्स स्पनिङ मिल्सले पनि पहिलो चरणमा योग्य संस्थागत लगानीकर्तालाई ४० प्रतिशत सेयर निष्काशनगर्नेछ । कम्पनीले सुरुमा सेयर मुल्य ६०८ रुपैयाँदेखि ९१२ रुपैयाँको रेन्जमा ७ करोड ७० लाख ६४ हजार रूपैयाँको ७ लाख ७० हजार ६ सय ४० कित्ता सेयर निष्काशन गर्ने तयारी गरेको हो । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटल रहेको छ ।

सोनापुर मिनिरल्स् एण्ड ओएल पनि आईपीओ निष्काशनका लागि बोर्डको पाइपलाइनमा रहेको छ । कम्पनीले अंकित मूल्य १०० रुपैयाँका दरले १ अर्ब २३ करोड २० हजार रुपैयाँ बराबरको १२ करोड ३० लाख २ सय कित्ता आईपीओ निष्काशन गर्न लागेको हो । कम्पनीले आईपीओ निष्काशनको अनुमति माग्दै असोज ४ गतेका लागि बोर्डमा अआवेदन दिएको हो । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबनधक एनआईबीएल एस क्यापिटल रहेको छ ।

त्यसैगरी, घोराही सिमेन्टले प्रिमियम मूल्यमा आईपीओ निष्काशन तथा बिक्री खुल्ला गर्ने भएको छ । सिमेन्ट कम्पनीले आयोजना प्रभावित स्थानीयका लागि ३ लाख ९७ हजार १९० कित्ता र सर्वसाधारणलाई ७५ लाख ४६ हजार ६११ कित्ता सेयर निष्काशनगर्ने भएको छ ।

कम्पनीले आयोजना प्रभावितलाई स्थानीयलाई १०० रुपैयाँ अंकित मूल्यमा ३०० रुपैयाँ प्रिमियम थप गरि प्रतिकित्ता ४०० रुपैयाँमा सेयर निष्काशन गर्ने भएको छ । भने, सर्वसाधारणका लागि १०० रुपैयाँ अंकित मूल्यमा ३३५ रुपैयाँ प्रिमियम थप गरी ४३५ रुपैयाँमा निष्काशन गरिने भएको छ । कम्पनीको बिक्री प्रबन्धकमा हिमालयन क्यापिटल रहेको छ ।

अन्यतर्फका ४ कम्पनीहरु ८२ लाख ९७ हजार ९०९ कित्ता आईपीओ आउँदै
बोर्डको पाइपलाइनमा अन्यतर्फका ४ कम्पनीहरु रहेका छन् । ४ कम्पनीहरुले आफ्ने क्षमता अनुसारको आईपीओ निष्काशन गर्नका लागि बोर्डको अनुमति पर्खेर बसेका हुन् ।

४ कम्पनहिरु मध्ये मुक्तिनाथ कृर्षि कम्पनीले अंकित मुल्य १०० रुपैयाँका दरले ४ करोड रुपैयाँ बराबरको ४ लाख कित्ता आईपीओ निष्काशन तथा बिक्री खुल्ला गर्न लागेको हो । कम्पनीले आईपीओ निष्काशन तथा बिक्री प्रबनधक मेगा क्यापिटललाई नियूत्ति गरि १ वर्ष अघि अर्थात् २०७८ फागुन २० गते बोर्डमा आवेदन दिएको थियो । बोर्डबाट अनुमति प्राप्त गरेपछि कम्पनीले सर्वसाधारणका लागि आईपीओ निष्काशन तथा बिक्री गर्नेछ ।

नेपाल रिपब्लिक मिडिया पनि आईपीओ निष्काशनको अनुमति माग्दै बोर्डमा पुगेको छ । कम्पनीले अंकित मूल्य १०० रुपैयाँका दरले ४३ लाख ५३ हजार कित्ता आईपीओ निष्काशनको अनुमति माग्दै काक्तिक २ गते बोर्डमा आवेदन दिएको हो । कम्पनीले आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा मेगा क्यापिटललाई नियुक्त गरेको छ ।

त्यस्तै, अन्यतर्फ डिसहोम मिडिया नेटवार्क र ट्रेडटावर कम्पनी रहेका छन् । डिसहोम मिडिया नेटवर्कले २३ करोड ८५ लाख ९२ हजार ९ सय रुपैयाँ बराबरको २३ लाख ८५ हजार ९२९ कित्ता आईपीओ निष्काशन गर्न लागेको हो । कम्पनीले आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटललाई नियूत्ति गरि ३ वर्ष अघि अर्थात् २०७७ असार ३० गते बोर्डमा आवेदन दिएको हो । भने, ट्रेडटावर कम्पनीले यही असार १४ गते बोर्डका आवेदन दिएको हो । कम्पनीले अंकित मुल्य १०० रुपैयाँका दरले ११ करोड ५८ लाख ९८ हजार रुपैयाँ बराबरको ११ लाख ५८ हजार ९८० कित्ता आईपीओ निष्काशन गर्न लागेको हो । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक लक्ष्मि क्यापिटल रहेको छ ।

२ लघुवित्तको आईपीओ आउँदै
बोर्डमा आईपीओ निष्काशन गर्न लघुवित्त क्षेत्रका २ वटा संस्था पाइपलाइनमा रहेका छन् । बोर्डको अनुमतिको पर्खाइमा रहेको आत्मानिर्भर लघुवित्त र बिपीडब्लु लघुवित्त हुन् । आत्मानिर्भर लघुवित्तले २ करोड ३ लाख ३८ हजार रुपैयाँ बराबरको २ लाख ३ हजार ३८० कित्ता आईपीओ निष्काशन तथा बिक्री खुल्ला गर्न लागेको हो । लघुवित्तले आईपीओ निष्काशनको माग गर्दै गत वर्ष चैत २१ गते बोर्डमा आवेदन दिएको हो । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा सनराईज क्यापिटल रहेको छ ।
त्यस्तै, बिपीडब्लु लघुवित्तले ९७ लाख रुपैयाँ बराबरको ९७ हजार कित्ता आईपीओ निष्काशन गर्न लागेको हो । लघुवित्तले आईपीओ निष्काशनको माग गर्दै असार ८ गते बोर्डमा आवेदन दिएको हो । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक मेगा क्यापिटल मार्केट रहेको छ ।

२ इन्स्योरेन्स कम्पनीको १ करोड २० लाख कित्ता आईपीओ आउँदै
बोर्डको पाइपलाइनमा रहेको इन्स्योरेन्स तर्फका २ कम्पनीहरु रिलायवल लाइफ इन्स्योरेन्स र आईएमई लाईफ इन्स्योरेन्स हुन् । रिलायवल लाइफले प्रिमियम मुल्यमा आईपीओ निष्काशन गर्न लागेको हो । कम्पनीले अंकित मुल्य १०० रुपैयाँमा ११२ रुपैयाँ थप गरि कुल २१२ रुपैयाँमा आईपीओ निष्काशन तथा बिक्री गर्न लागेको हो ।

त्यस्तै, आइएमई लाईफले ६० करो रुपैयाँ बराबरको ६० लाख कित्ता आईपीओ निष्काशन गर्न बोर्डको अनुमति पर्खेर बसेको हो । कम्पनीले आईपीओ निष्काशनको माग गर्दै गत वर्ष जेठ ३१ गते बोर्डमा आवेदन दिएको हो । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा सिभिल क्यापिटल मार्केट रहेको छ ।

२ होटल एण्ड टुरिजमका २८ लाख ७४ हजार कित्ता आईपीओ पाइपलाइनमा

होटल एण्ड टुरिजम क्षेत्रका सिटी होटल र कालिन्चोक दर्शन २ कम्पनीहरु बोर्डको पाइपलाइनमा रहेका छन् । सिटी होटलले आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आईएमईलाई नियुत्त गरी १६ करोड ७४ लाख रुपैयाँ बराबरको १६ लाख ७४ हजार कित्ता आईपीओ निष्काशन गर्न लागेको हो । होटलले सर्वसाधारणका लागि आईपीओ निष्काशनको माग गर्दै गत वर्ष चैत ३० गते बोर्डमा आवेदन दिएको हो ।

त्यसैगरी, कालिन्चोक दर्शनले १२ करोड रुपैयाँ बराबरको १२ लाख कित्ता आईपीओ निष्काशन तथा बिक्री खुल्ला गर्न लागेको हो । होटलले बिक्री प्रबन्धक नबील इन्भेष्टमेण्ट बैंकिङ्ग नियुत्त गरि गत वर्ष चैत १५ गते बोर्डमा आवेदन दिएको हो ।

बोर्डको पाइपलाइनमा इन्भेष्टमेण्ट सेक्टरका हाथवे इन्भेष्टमेण्ट नेपाल रहेको छ । कम्पनीले सर्वसाधारणका लागि आईपीओ निष्काशन तथा बिक्री गर्नका लागि बोर्डको अनुमति पर्खाेर बसेको छ । कम्पनीले १४ करोड ६२ लाख ५० हजार रुपैयाँ बराबरको २९ लाख २५ हजार कित्ता आईपीओ निष्काशन तथा बिक्री खुल्ला गर्नका लागि गत वर्ष चैत २ गते बोर्डमा आवेदन दिएको हो । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटल रहेको छ ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्