Shikhar Insurance

वायुसेवा निगमलाई प्राधिकरणको २४ घण्टे अल्टिमेटम, उडानको टिकट बिक्री राेक्न निर्देशन

सिंहदरबार संवाददाता
२०७९ कार्तिक १४, सोमबार २१:२१
NIMB
Nabil Bank

काठमाडौं । उडान तालिका स्वीकृत नगराई यात्रुलाई बोर्डिङ पास दिएको भन्दै नेपाल नागरिक उड्डयन प्राधिकरणले नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) लाई २४ घण्टे स्पष्टीकरण सोधेको छ ।

प्राधिकरणले आज प्रेस विज्ञप्ति जारी गर्दै उडान स्वीकृत नभई बोर्डिङ पास दिएर विमानस्थलको सुरक्षामा गम्भीर असर परेकोप्रति चासो जनाउँदै निगमलाई स्पष्टीकरण सोधेको हो ।

Citizen Life
Kumar Bank
Nepal Life

निगमका प्रवक्ता जगन्नाथ निरौलाले निगमको लापर्बाहीले यात्रुलाई दुःख दिएको घटनाप्रति जवाफ मागेर स्पष्टीकरण सोधिएको बताए । अनुमतिबिना नै यात्रुलाई बोर्डिङ पास दिएर अलपत्र पार्ने निगमलाई २४ घण्टाभित्र के कारणले उडान गर्न खोजिएको हो भन्ने विषयमा जवाफ मागिएको छ । प्रवक्ता निरौलाले प्राधिकरणले कुनै पनि उडानको टिकट बिक्री–वितरण नगर्न/नगराउन तथा प्राधिकरणबाट उडान अनुमति प्राप्त गरेको उडानमात्र सञ्चालन गर्न/गराउन वायुसेवा कम्पनीलाई निर्देशन दिएको बताए।

‘उडान नभएको दिनमा यात्रुलाई विमानस्थलमा बोलाएर गैरकानूनी तरिकाले बोर्डिङ पाससमेत उपलब्ध गराई याुत्रलाई वैकल्पिक व्यवस्था नगरी, किन समयमै खबर गरिएन, गैरसैनिक हवाई उडान ऐन, २०१५ तथा नियमावली, २०७३ बमोजिम विमानस्थलको सुरक्षा व्यवस्थामा गम्भीर असर पारेकाले निगमलाई स्पष्टीकरण सोधिएको हो’, विज्ञप्तिमा भनिएको छ ।

निगमले सिकागो महासन्धि तथा अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आइकाओ) को उडान सुरक्षा मापदण्ड र नेपाल नागरिक उड्डयन प्राधिकरण ऐन, २०५३ तथा नागरिक उड्डयन नियमावली, २०४८ अनुसार नेपालको हवाई क्षेत्रमा उडान अवतरणका लागि प्राधिकरणको अनिवार्य अनुमति लिनुपर्ने व्यवस्था विपरीत काम गरेको प्राधिकरणले जनाएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्