Shikhar Insurance

वाणिज्य बैंकहरुले दिने कर्जाको ब्याजदर बढ्यो, १८ वटा बैंकको आधारदर नै १० प्रतिशतमाथि

सिंहदरबार संवाददाता
२०७९ कार्तिक १५, मंगलवार १८:३५
NIMB
Nabil Bank

काठमाडौं । वाणिज्य बैंकहरुबाट पाइने कर्जाको ब्याजदर बढेको छ । अधिकांश वाणिज्य बैंकहरुले कर्जा ब्याजदर १ देखि ४ प्रतिशतसम्मले आधारदर (बेसरेट) बढाएका हुन् ।

बैंक तथा वित्तीय संस्थाले कर्जाको ब्याजदर आधारदरको आधारमा तय गर्छन् । आधारदरमा केही प्रतिशत प्रिमियम थप गरेर कर्जाको ब्याजदर बैंकहरुले निर्धारण गरेका हुन्छन् ।

Citizen Life
Kumar Bank
Nepal Life

गत आर्थिक वर्षको पहिलो त्रैमासमा वाणिज्य बैंकहरुको औषत आधारदर ७.४४ प्रतिशत कायम थियो । जुन चालु आवको सोही अवधिमा २.८१ प्रतिशतले थप भएर १०.२६ प्रतिशत पुगेको छ ।

सो अवधिमा १८ वटा वाणिज्य बैंकहरुको आधारदर नै १० प्रतिशतमाथि पुग्दा औषत आधारदर दोहोरो अंकमा कायम भएको छ । गत असोज मसान्तमा १८ वटा वाणिज्य बैंकको आधारदर १० प्रतिशतमाथि ११.१४ प्रतिशतसम्म पुगेको हो ।

सञ्चालनमा रहेका २६ वाणिज्य बैंकमा असोज मसान्तमा सबैभन्दा बढी आधारदर सिटिजन्स बैंकको ११.१४ प्रतिशत र सबैभन्दा कम आधारदर राष्ट्रिय वाणिज्य बैंकको ८.८५ प्रतिशत कायम छ । असोज मसान्तसम्म एकल अंकमा आधारदर कायम राख्ने ८ वटा वाणिज्य बैंकहरु मात्रै रहेका छन् । जसमा कृषि विकास, नबिल, सिद्धार्थ, नेपाल इन्भेष्टमेण्ट, एभरेष्ट,स्ट्याण्डर्ड चार्टर्ड, नेपाल बैंक र राष्ट्रिय वाणिज्य बैंक हुन् ।

ग्राहकले कर्जा लिनु अघि कुन बैंकको आधारदरकति छ भनेर निक्योल गर्न आवश्यक हुन्छ । प्रायजसो बैंक तथा वित्तीय संस्थाले त्रैमासिक रुपमा आफ्नो आधारदरपरिवर्तन गर्छन् । तर केही बैंकहरुले मासिकरुपमा र त्रैमासिकरुपमै आधारदरपरिवर्तन गर्ने हुँदा अहिले घटेको आधारदरअर्को महिनामै परिवर्तन हुन सक्ने हुन्छ ।

बैंकहरुले प्रवाह गर्ने कर्जामा स्थीर ब्याजदरमा लिएको कर्जाको ब्याजदर आधारदरपरिवर्तन हुँदा थपघट हुँदैन भने परिवर्ततित ब्याजदरमा लिएको कर्जाको ब्याजदर भने बैंकको आधारदर परिवर्तन भएसँगै थपघट हुँन्छ ।

सञ्चालनमा रहेका २६ वाणिज्य बैंकमा सबैले एक वर्षको अवधिमा आधारदर बढाएका छन् । जसमा सबैभन्दा स्टयाण्डर्ड चार्टर्ड बैंकले ४.०८ प्रतिशतले र सबैभन्दा थोरै मेगा बैंकले १.०३ प्रतिशतले आधार बढाएका हुन् ।

कुन वाणिज्य बैकको आधारदरकतिले घट्यो ?
अघिल्लो आवको पहिलो त्रैमासको तुलनामा ९ वटा वाणिज्य बैंकले ३ प्रतिशतदेखि ४.०८ प्रतिशतसम्म आधारदर बढाएका छन् । साथै, १७ वटा बैंकले १ प्रतिशतदेखि ३ प्रतिशतसम्मले आधारदर बढाएका हुन् ।

यसैगरी, चालु आवको पहिलो त्रैमासमा २ वटा वाणिज्य बैंकको आधारदर ११ प्रतिशतमाथि, १६ वटाको १० प्रतिशतमाथि ११ प्रतिशतसम्म र ८ वटाको ८ देखि १० प्रतिशतसम्म आधारदर कायम छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्