Shikhar Insurance

काेरियाली प्रायद्वीपमा नयाँ तनाब, उत्तर-दक्षिण कोरियाले गरे एकअर्का विरुद्ध मिसाइल प्रहार

सिंहदरबार संवाददाता
२०७९ कार्तिक १६, बुधबार ११:५६
NIMB
Nabil Bank

एजेन्सी । उत्तर कोरियाले पहिलोपटक सामुद्रिक सीमामा मिसाइल प्रहार गरेको छ । उत्तरले दक्षिण कोरियातर्फ क्षेप्यास्त्र प्रहार गरेको हो । त्यसले प्रायद्वीप विभाजित भएपछि पहिलोपटक दुई देशको समुद्री सीमा पार गरेको बेलायती समाचार संस्था बीबीसीले जनाएको छ ।

प्योङयाङले बुधबार बिहान पूर्व र पश्चिममा कम्तीमा १० वटा मिसाइल प्रहार गरेको दक्षिण कोरियाली सेनाले जनाएको छ । छोटो दूरीको ब्यालेस्टिक मिसाइल दक्षिणको सोक्चो सहरबाट करिब ६० किलोमिटर पर खसेको थियो । त्यसले उलेउंगडो टापुमा हवाई आक्रमणको अलार्म बजेको थियो ।

Citizen Life
Kumar Bank
Nepal Life

जवाफमा दक्षिण कोरियाले उत्तर कोरियामाथि तीन मिसाइल प्रहार गरेको थियो । दक्षिण कोरियाका राष्ट्रपति युन सुक–योलले प्योङयाङको आक्रमणलाई ‘प्रभावकारी क्षेत्रीय आक्रमण’ भन्दै चित्रण गरेका छन् । उत्तर कोरियाको आक्रमणको जवाफमा आफ्नो सामुद्रिक सीमाको उत्तरतर्फ तीनवटा हावाबाट जमिनमा मार हान्ने क्षेप्यास्त्र प्रहार गरेको दक्षिण कोरियाको सेनाले जनाएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्