Shikhar Insurance

इष्टर्न हाइड्रोपावरको आईपीओ बाँडफाँड,६२ हजार ५१९ जनाले पाए १०/१० कित्ता सेयर

सिंहदरबार संवाददाता
२०७९ कार्तिक १७, बिहीबार ०९:१९
NIMB
Nabil Bank

काठमाडौं । आज (कात्तिक १७ गते) बिहीबार, इष्टर्न हाइड्रोपावरको आईपीओ बाँडफाँट भएको छ । कम्पनीले असोज २८ गतेदेखि निष्काशन गरेको साधारण सेयर आज बाँडफाँड गरिएको हो ।

कम्पनीले ६ करोड ७० लाख ३१ हजार रुपैयाँ बराबरको ६ लाख ७० हजार ३१० कित्ता साधारण सेयर निष्काशन तथा बिक्री खुला गरेको थियो । त्यसमध्ये २ प्रतिशत अर्थात १३ हजार ४०६ कित्ता सेयर कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ३३ हजार ५१५ कित्ता सेयर सामूहिक लगानी कोषलाई छुट्याइएको थियो ।

Citizen Life
Kumar Bank
Nepal Life

बाँकी रहेको ६ लाख २३ हजार २८९ कित्ता र कर्मचारीलाई छुट्याइएको सेयरमा आवेदन नपरेको सेयर गरी कुल ६ लाख २५ हजार १९० कित्ता सेयर सर्वसाधारणमा बाँडफाँट गरिएको हो । कम्पनीले निष्काशन गरेको उक्त सेयर कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटलको कार्यालयमा सेयर बाँडफाँट भएको हो ।

क्यापिटलका अनुसार सो आईपीओमा कुल १३ लाख ५८ हजार २२० आवेदकमार्फत १ करोड ४८ लाख ७४ हजार ४० कित्ता सेयरका लागि आवेदन परेको थियो । जसमध्ये १३ लाख ५६ हजार २२४ आवेदन स्वीकृत भएको छ । स्वीकृत आवेदनमध्ये कुल ६२ हजार ५१९ आवेदकलाई १० कित्ताका दरले सेयर बाँडफाँट गरिएको हो ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्