Shikhar Insurance

नेशनल लाइफ इन्स्योरेन्सले डाक्यो साधारण सभा, बुक क्लोज कहिले?

सिंहदरबार संवाददाता
२०७९ कार्तिक १७, बिहीबार १०:४०
NIMB
Nabil Bank

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले साधारण सभा डाकेको छ । इन्स्योरेन्सको कात्तिक १६ गते बसेको सञ्चालक समितिको बैठकले साभाको मिति तय गरेको हो । इन्स्योरेन्सले लाभांश प्रस्ताव पारित गर्न मंसिर १८ गते, आफ्नो केन्द्रिय कार्यालय, लाजिम्पाटमा ३४ औँ वार्षिक साधारण सभा बोलाएको हो ।

इन्स्योरेन्सको ३४ औं साधारण सभाले हाल कायम रहेको चुक्ता पूँजी ४ अर्ब ३ करोड ५१ लाख ५८ हजार १५२ रुपैयाँको १५ प्रतिशतका दरले बोनस सेयर र सोको कर प्रयोजका लागि ३ करोड १८ लाख ५६ हजार ५१२ रुपैयाँ नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ । साथै सभाले कम्पनीको स्वतन्त्र सञ्चालकको नियुक्ति अनुमोदन गर्ने, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्तावहरु पारित गरिनेछ ।

Citizen Life
Kumar Bank
Nepal Life

यस्तै, सभाले सञ्चालक समितिको तर्फबाट अध्यक्षले पेश गरेको आर्थिक वर्ष २०७७/०७८ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, आर्थिक वर्ष २०७७/०७८ को वासलात, आय–व्यय हिसाब, नाफा९नोक्सान हिसाब एवम् लेखापरीक्षको प्रतिवेदन उपर छलफल गरी पारित गर्ने तथा सञ्चालक समितिको बैठक भत्ता तथा सुविधा लगायतका प्रस्ताव समेत अनुमादेख गर्ने छ ।

साधारण सभा प्रयोजनका लागि इन्स्योरेन्सले मंसिर ८ गते (एक दिन)का लागि बुकक्लोज गर्ने मिती तोकेको छ । यस अनुसार मंसिर ७ गतेसम्म नेप्सेका कारोबार भई कायम सेयरधनीहरुले मात्र इन्स्योरेन्सको सभामा सहभागिता जनाउन तथा इन्स्योरेन्सले वितरण गर्ने लाभांश प्राप्त गर्ने सक्नेछन् ।

 

 

GBIME

प्रतिक्रिया दिनुहोस्