ग्लोबल आइएमई बैंकले बोलायो सेयरधनीहरुलाई ५ वर्ष भन्दा पुरानो लाभांश लिन

सिंहदरबार संवाददाता
२०७९ कार्तिक १७, बिहीबार ११:०२

काठमाडौं । ग्लोबल आइएमई बैंकले सेयरधनीहरुलाई ५ वर्ष भन्दा पुरानो लाभांश लिन बोलाएको छ । बैंकले ५ वर्ष भन्दा पुरानो अर्थात ४ आर्थिक वर्षको नगद लाभांश लिनका लागि सेयरधनीलाई बोलाएको हो ।

बैंकका कतिपय सेयरधनीले अघिल्लो ४ आर्थिक वार्षको समेत लाभांश नलगेकोले सुचना जारी गर्दै लाभांश लिनका लागि बोलाएको छ । सेयरधनहिरुले आर्थिक वर्ष २०६६/०६७, २०६७/०६८, २०६८/०६९ र २०७०/०७१ सम्मको नगद लाभांश नलगेपछि बैंकले सूचना जारी गरेर बोलाएको हो ।

लाभांश लिन बाँकी सेयरधनीको विवरण ग्लोबल आइएमई बैंक र ग्लोबल आइएमई क्यापीटलको वेवसाइटमा राखेको सूचनामा उल्लेख छ ।
बैंकले जारी गरेको उक्त सुचनामा लगानीकर्ताहरुले एक महिनाभित्र उक्त लाभांश ग्लोबल आइएमई क्यापीटल मार्फत लिन भनेको छ । उक्त लाभांश एक महिनामा नलगे लगानीकर्ता संरक्षण कोषमा जम्मा हुनेछ ।

 

प्रतिक्रिया दिनुहोस्