Shikhar Insurance

सानिमा जिआईसीको सिईओ बने सुद्युम्न उपाध्याय

सिंहदरबार संवाददाता
२०७९ कार्तिक १७, बिहीबार १२:०२
NIMB
Nabil Bank

काठमाडौं । सानिमा जिआइसी इन्स्योरेन्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिइओ)मा सुद्युम्न प्रसाद उपाध्याय नियुक्त भएका छन् ।

सानिमा जनरल इन्स्योरेन्स र जनरल इन्स्योरेन्स कम्पनीबीच मर्जर भएर बनेर बनेको सानिमा जिआईसीको सिईओमा उपाध्याय नियुक्त भएका हुन् । कात्तिक ७ गते बसेको संचालक समितिको बैठकले सानिमा जिआइसी इन्स्योरेन्सको सिइओमा उपाध्यायलाई नियुक्त गर्ने निर्णय गरेको हो । बीमा समितिले स्वीकृति दिएपछि उपाध्यायको कार्यकाल सुरु हुनेछ ।

Citizen Life
Kumar Bank
Nepal Life

सानिमा जनरल इन्स्योरेन्स र जनरल इन्स्योरेन्स कम्पनीले मर्जरपछि कात्तिक ७ गतेदेखि एकिकृत कारोबार गरेका थिए । सिईओ नियुक्त भएका उपाध्याय दुई दशकदेखि बीमा क्षेत्रमा कार्यरत छन् । उनले ०७७ जेठदेखि सानिमा जनरल इन्स्योरेन्समा सीईओको कार्यभार सम्हाल्दै आएका थिए । सानिमा अघि उनले प्रिमियर इन्स्योरेन्स कम्पनीमा ८ वर्ष सिईओ भएर काम गरेका थिए ।

सानिमा जिआईसीमा कुनाल कयाल अध्यक्ष छन् भने डा. हेमन्त कुमार दवाडी, सोनाम ग्याछो, कृष्ण बोहरा, मिता मुरारका अग्रवाल र प्रकाशमान श्रेष्ठ सञ्चालक रहेका छन् ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्