Shikhar Insurance

अझै केही समय ब्याजदर घट्दैन, आन्दोलन जुलुस गर्दैमा समस्या समाधान हुँदैन–राष्ट्र बैंक

सिंहदरबार संवाददाता
२०७९ कार्तिक १७, बिहीबार १६:०१
NIMB
Nabil Bank

काठमाडौं । पछिल्ला केही महिना यता निजी क्षेत्रका उद्योगी व्यवसायी तथा व्यापारीहरु बैंकको बढेको ब्याजदर विरुद्ध आन्दोलनमा छन् । बैंकले तरलता अभावको बहाना गर्दै अस्वाभिक रुपले ब्याजदर बढाएको भन्दै दर घटाउन उनीहरुले राष्ट्र बैंक र अर्थमन्त्रालयललाई दवाब दिएका हुन् ।

तर, राष्ट्र बैंकले भने आनदोलन गर्दैमा ब्याजदर नघट्ने प्रस्ट पारेको छ । केन्द्रीय बैंक कार्यकारी निर्देशक तथा आर्थिक अनुसन्धान विभागका प्रमुख डा. प्रकाश कुमार श्रेष्ठले उद्योगी व्यवसायीले बैंकको ब्याजदर घटाउने माग गर्दै आन्दोलन गर्दैमा ब्याजदर नघट्ने बताएका हुन् ।

Citizen Life
Kumar Bank
Nepal Life

‘मार्केट इकोनोमिक आर्थिक स्वाभिक रुपमा आन्तरिक मेकानिजमले गर्दा इकोनोकिमि ट्रेड साइकलमा व्यापार चक्रको रुप धारणा गर्छ, त्यो व्यापार चक्रलाई ह्याण्डल गर्न सक्ने उद्योग व्यवसायको क्षेत्र हुनुपर्छ तर, अहिले पनि माइतीघरमा उद्योगी व्यवसायीहरुको जुलुस छ, जुलुस निकालेर समस्याको समाधान हुँदैन’ बिहिबार राजधानीमा आयोजीत एक अन्तरकृया कार्यक्रममा भने, ‘हाम्रो उत्पादन संरचना परिवर्तन गर्नको लागि आयातमा आधारित भएर बेचरमात्रै आर्जन गर्ने किसिमको व्यवस्था रहँदासम्म नेपालमा यस्ता किसिमका उतार चढाब आइरहन्छ ।’

यसअधि २०७५ असारमा औषत कर्जाको ब्याजदर नै १२.४७ प्रतिशत पुगेको स्मरण गराउँदै उनले अहिलेको ब्याजदर उच्च नभएको तर्क राखे । राजधानीमा आयोजीत ‘नेपालको वर्तमान आर्थिक अवस्था र सुधारका निम्ति सञ्चारकर्मीले खेल्नु पर्ने भुमिका नामक अन्तरकृया कार्यक्रममा कार्यकारी निर्देशक श्रेष्ठले कोभिड पछिको रिकोभरीको सूरु भएपछि बजारमा तरलता अभावको स्थीति सृजना हुँदा ब्याजदरमा चाप परेको बताए ।

‘कोभिड पछि २०७८ असोजदेखि नै बजारमा तरलता अभावको सूरु भएको हो, निक्षेप कम र कर्जा प्रवाह बढी हुने, कर्जा आयातको लागि बढी जाने, सो अनुसार डिपोजिट बढेन भने रेमिट्यान्स, देशको विदेशी विनिमय बाहिर गयो, राष्ट्र बैंकले विदेशी विनिमय सञ्चितीको घट्दो दर रोक्नको लागि राष्ट्र बैंकले केही नीतिगत परिवर्तन गरेपछि केही घट्ने क्रम रोकिएको छ । यसले गर्दा आयात घटेर हामीसँग ७ महिनाको वस्तु तथा सेवा आयात धान्न सक्ने विदेशी सञ्चिती छ । यो भनेको केही सहज अवस्था हो ।’–उनले भने ।

तर विदेशी विनिमय सञ्चिती थप नबढ्दासम्म बैंकिङ तरलता अभावको समस्या समाधान नहुने हुँदा ब्याजदर समेत नघट्ने उनले बताए ।
‘विदेशी विनिमय सञ्चिती सुधार भएर नबढुन्जेलसम्म बैंकिङ तरलतामा हिजोको जस्तो सहजता नहुने स्थीति लम्बिन्छ र ब्याजदरमा चाप पर्ने स्थीति रहन्छ,’उनले भने, ‘त्यसैले केही समय अझै ब्याजदरमा चाप पर्ने देखिन्छ ।’

 

ब्याजदर बढ्दा आर्थिक गतिविधिमा चाप पर्ने बताउँदै समस्या समाधानको अन्तिम विकल्प भनेको आन्तिरिक उत्पादनमका जोड दिनु पर्ने उनको भनाइ छ ।
‘हामी आयात गछौं निर्यात गर्ने क्षमता राख्दैनौं, हिजोको दिनमा ब्याजदर घट्दा बैंकर साथीहरुले कर्जा घर–घर लगेर दियौं भन्नु हुन्थ्यो । घर–घर गएर कर्जा दिँदा त्यो कर्जा खास गरी सेयर बजार, रियल स्टेट क्षेत्र, विलासी वस्तुहरुको आयातमै प्रयोग हुन्छ । अहिले पनि ४६ अर्ब रुपैयाँ कर्जा लगानीमा छ । तर, त्यसको रिर्टन खै दिएको ? त्यसैले उत्पादन संरचनामै लगानी परिवर्तन गर्नु पर्ने स्थीति छ ।’–उनले भने ।

‘रक्सौलबाट तरकारी आउँछ तर, चितवनको तरकारीले बाजार नपाएर बारीमै कुहिएर जान्छ ।’ आन्तरिक उत्पादनमा युवालाई सहभागि गराउँदै उत्पादनलाई बजारसम्म जोड्ने विषयतर्फ ध्यान दिनु पर्ने उनको भनाइ छ ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्