Shikhar Insurance

रौतहटमा माधव नेपाललाई सजिलो बन्दै, लोसपाको बागीले पनि सघाउने

सिंहदरबार संवाददाता
२०७९ कार्तिक १८, शुक्रबार ११:५८
NIMB
Nabil Bank

काठमाडौं । नेकपा(एकिकृत समाजवादी)का अध्यक्ष माधव कुमार नेपाललाई रौतहट क्षेत्र नम्बर १ मा थप सहज बन्दै गएको छ । सत्ता गठबन्धनका साझा उम्मेदवार रहेका पूर्व प्रधानमन्त्री नेपाल रौतहट १ मा २९ हजार मतले अघि छन् । बिभिन्न पार्टी तथा स्वतन्त्र उम्मेदवारी दिएकाहरुले पनि समर्थन गर्ने क्रम बढेको छ ।

लोकतान्त्रिक समाजवादी पार्टीका तर्फबाट प्रदेश क मा बागी उम्मेदवारी दिएका शम्भु सिंहले पनि नेपाललाई समर्थन गरेका छन् । उनले नेपालसँगै एक कार्यक्रममा सहभागी भएर आफ्नो समर्थन रहेको घोषणा गरेका हुन् । यस अघि नै जसपा केन्द्रिय सदस्य तथा सोही क्षेत्रका स्वतन्त्र उम्मेदवार रेवन्त झाले पनि आफ्नो उम्मेदवारी निष्क्रिय बनाउँदै नेपाललाई सहयोग गर्ने घोषणा गरिसकेका छन् । झाले जसपा छाडेर एकिकृत समाजवादीमा समाहित भएको घोषणा गरिसकेका छन् ।

Citizen Life
Kumar Bank
Nepal Life

रौतहट १ मा नेपालसँग एमालेका अजय गुप्ताले प्रतिष्पर्धा गरिरहेका छन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्