Shikhar Insurance

आइएमई दसैँ अफरः आठौँ र नवौँ हप्ताको नतिजा घोषणा

सिंहदरबार संवाददाता
२०७९ कार्तिक १८, शुक्रबार १४:०८
NIMB
Nabil Bank

काठमाडौं । दसैँ, तिहार, छठ र नेपाल सम्वत् जस्ता चाडपर्वहरूका अवसरमा आइएमईले आम सेवाग्राहीहरूलाई लक्षित गर्दै संचालनमा ल्याएको आइएमई साथैमा, मोबाइल हातैमा, १० लाख खातैमा नामक सेवाग्राहीमुखी उत्सव अफर अन्तर्गत आठौँ र नवौँ हप्ताका विजेता सार्वजनिक गरेको छ ।

काठमाडौँ पानीपोखरीस्थित केन्द्रीय कार्यालयमा फेसबुक लाइभ मार्फत सार्वजनिक गरिएको नतिजा अनुसार कतार र जापानबाट आइएमई मार्फत पैसा पठाउने सेवाग्राहीहरू क्रमश ः रन्जीत कुमार यादव र दिर्घराज जोशी आठौँ हप्ताका लागि साप्ताहिक विजेता छनोट भएका हुन् ।
त्यस्तै करुण अधिकारी र शिवजीप्रसाद गोपाल शाहा नवौँ हप्ताको लागि साप्ताहिक विजेता छनोट भए । उनीहरूले क्रमशः संयुक्त अरव इमिरेट्स र कुवेतबाट आइएमई मार्फत नेपालमा रहेका आफन्तलाई यो अफर अवधिमा पैसा पठाएका थिए ।

Citizen Life
Kumar Bank
Nepal Life

चारै जना साप्ताहिक विजेताले जनही २५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

त्यस्तै सेवाग्राहीहरू रामशरण मण्डल, जोगीराम मेहर शिङ्घ, शिवकुमार साडा, धरम बोहोरा, रमणकुमार शिङ्घ, हिराबहादुर बि.क. र इर्कु पाश्वान आठौँ हप्ताको लागि दैनिक विजेता छनोट भए । उनीहरुले क्रमशः कतार, कुवेत, बहराइन, मलेशिया, कतार, संयुक्त अरव इमिरेट्स, कतार र जापानबाट आइएमई मार्फत नेपालमा रहँदै आएका आफन्तलाई यो अफर अवधिमा पैसा पठाएका थिए ।

त्यसैगरी शहदेव महरा, प्रमोद कुमार खाङ्ग, बिनोद माझी, गोपाल सार्की, आन्नद प्रसाद सुनार, शान्ता राई र दिपेश नकर्मी नवौँ हप्ताका लागि साप्ताहिक विजेता छनोट भए । उनीहरुले कतार, संयुक्त अरव इमिरेट्स, कुवेत, दक्षिण कोरिया, बहराइन, जापान, संयुक्त अरव इमिरेट्स र कुवेतबाट नेपालमा पैसा पठाएका थिए ।
उनीहरु प्रत्येकले एक÷एक सेट सामसुङ् मोबाइल उपहार स्वरूप प्राप्त गर्नेछन् ।

आइएमई उत्सव अफर २०७९
आइएमई साथैमा, मोबाइल हातैमा, १० लाख खातैमा नामक थीममा आधारित रही यस पटकको स्किम संचालन हुनेछ । अफर अनुसार विदेशबाट आइएमई मार्फत आएको रकम प्राप्त गर्ने सेवाग्राहीहरू मध्ये दैनिक एक जनालाई सामसुङ् मोबाइल उपहार स्वरूप प्रदान गरिनेछ । साथै, हरेक हप्ता आइएमई पे मोबाइल वालेट खातामा रकम प्राप्त गर्ने २ जनालाई जनही रू. २५,००० (पच्चिस हजार रुपैयाँ) उपहार स्वरूप प्रदान गरिनेछ । त्यस्तै अफर अवधिमा एक जना भाग्यशाली विजेतालाई रू. १०,००,०००÷– (रुपैयाँ दश लाख) उपहार स्वरूप प्रदान गरिनेछ ।

कूल ८२ जना सेवाग्राहीहरू प्रत्यक्ष लाभान्वित हुने यस अफर ‘आइएमई साथैमा, मोबाइल हातैमा र १० लाख खातैमा’ भन्ने मुख्य थीममा आधारित हुनेछ । उक्त अफर २०७८ साल भाद्र १६ गतेदेखि कार्तिक १६ (तदनुसार सेप्टेम्बर १–नेभेम्बर २, २०२२) सम्म कूल ९ हप्ता अर्थात ६३ दिन कायम हुनेछ ।

GBIME

प्रतिक्रिया दिनुहोस्