Shikhar Insurance

८.५ प्रतिशत ब्याजदरमा वाणिज्य बैंकहरुले राष्ट्र बैंकबाट लिए २४ खर्ब रुपैयाँ बढी तरलता

सिंहदरबार संवाददाता
२०७९ कार्तिक २०, आईतवार १४:५१
NIMB
Nabil Bank

काठमाडौं । नेपाल राष्ट्र बैंकले लगानी योग्य रकम (तरलता) व्यवस्थापनको लागि खर्बौं रुपैयाँ बजारमा पठाएको छ । केन्द्रीय बैंकले चालु आर्थिक वर्ष सुरु भएयता वाणिज्य बैंकहरुलाई २४ खर्ब १० अर्ब १२ करोड रुपैयाँ बढी स्थायी तरलता (एसएलएफ) सुविधा दिएको हो ।

बिदाको दिनबाहेक वाणिज्य बैंकहरुले कात्तिक १९ गतेसम्म कार्यालय दिन अर्थात् ७८ दिनमै १३ सय ९० पटक एसएलएफ सुविधा प्रयोग गरिसकेको नेपाल राष्ट्र बैंकको तथ्यांकले देखाएको छ । जुन गत आवको सोही अवधिमा लिएको एसएलएफ सुविधाको तुलनामा ९०.४५ प्रतिशत बढी हो । गत आवको कात्तिक १७ गतेसम्म वाणिज्य बैंकहरुले ६ सय १४ पटक १२ खर्ब ६५ अर्ब ४६ करोड रुपैयाँ एसएलएफ सुविधा लिएका थिए ।

Citizen Life
Kumar Bank
Nepal Life

राष्ट्र बैंकले गत असोज दोस्रोे सातादेखि बैंकहरुले लिने यस्तो अल्पकालिन सापटी सुविधाको म्याद ७ दिनमात्रै कायम गरेको छ । यस्तो एसएलएफ सुविधा वाणिज्य बैंकहरुले ७ दिनको लागि लिएका हुन् । राष्ट्र बैकले सापटी वापत दिने एसएलएफ सुविधाको ब्याजदर ८.५० प्रतिशत पुगिसकेको छ ।

राष्ट्र बैंकले बजारमा प्रयाप्त तरलता हुँदा निश्चित ब्याजदर बैंकहरुबाट रिर्भस रिपो, ऋणपत्र र निक्षेप खरिदमार्फत् तरलता खिच्ने गर्छ । तर, यदी प्रणालीमै तरलता संकुचन भएमा बोलकबोल विधि वा बैंकहरुकै आग्रहमा रिपो, आउटराइट पर्चेज, ओभरनाइट रिपो र स्थायी तरलता सुविधा (एसएलएफ) मार्फत् तरलता प्रवाह गर्छ । तरलता संकुचन हुँदै गएपछि राष्ट्र बैंकले बैंकहरुकै आग्रहमा नियमित उपलब्ध गराउने भन्दा सयौं गुणा बढी तरलता प्रवाह भएको तथ्यांकले देखाउँछ ।

२०७९ साउन १ गतेदेखि कात्तिक १७ गतेसम्म राष्ट्र बैंकले बजारबाट पैसा खिच्ने भन्दा बढी दिने काम गरेको छ । सो अवधिमा २४ खर्ब रुपैयाँ बढी तरलता प्रवाह गर्दा ४० अर्ब रुपैयाँमात्र बैंकिङ प्रणालीबाट तरलता तानेको छ । जुन गत साउन २१ गते रिर्भस रिपोमार्फत् निक्षेप संकलन उपकरणबाट प्रणालीबाट तानेको हो । प्रणालीबाट लिइएको रकम समेत परिपक्क भएर फिर्ता पठाइसकेको राष्ट्र बैंक मौद्रिक व्यवस्थापन विभागले जानकारी दिएको छ ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्