Shikhar Insurance

प्रदेश सभामा श्रेष्ठ र चौधरीकै कडा टक्कर, जीत हासिल गर्ने दुबैको दाबी

सिंहदरबार संवाददाता
२०७९ कार्तिक २१, सोमबार ११:०६
NIMB
Nabil Bank

काठमाडौं । रौतहट जिल्लाको क्षेत्र नम्बर ४ (क) मा नेकपा (एकीकृत समाजवादी) र नेकपा एमालेबीच कडा टक्कर हुने देखिएको छ ।

यस प्रदेशमा समाजवादीको तर्फबाट बालकृष्ण श्रेष्ठ र एमालेको तर्फबाट अखिलेश्वर चौधरी चुनावी मैदान रहेका छन् । यहाँका मतदाताहरुले यी दुई मध्ये एकलाई जिताउने आँकलन गर्न थालिएको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

स्थानीय तहको निर्वाचनमा आएको मत, दुबै जनजाति उम्मेदवारहरुले आ–आफ्नो समुदायबाट तान्न सक्ने मत, नेपाली काँग्रेस र माओवादी केन्द्रबीच चर्किएको मतभेद तथा काँग्रेसको प्रदेशमा उम्मेदवार नहुनुको फाइदा श्रेष्ठ र चौधरीले उठाउन सक्छन् ।

यी दुबै उम्मेदवारहरुले आ–आफ्नो पक्षमा परिणाम आउने दाबी समेत गर्न थालेका छन् । चुनाव जित्ने रणनीतिका साथ आफू चुनाव अभियानमा होमिएको कलम छापको उम्मेदवार श्रेष्ठले बताए । त्यसैगरी पार्टीको, जातिको र आफूले अहिलेसम्म गरेको योगदान र आफ्नो स्वच्छ छबिका कारण जीतका लागि आवश्यक मत प्राप्त गर्नेमा ढुक्क रहेको एमाले उम्मेदवार चौधरीको दाबी छ ।

केही पात्रहरुले विगतमा स्मार्ट सिटीको सपनामात्रै बाँडेको र स्थानीय जनताको दुःखमा साथ दिने भन्दा पनि उक्त क्षेत्रलाई राजनीति गर्ने थलोमात्रै बनाएको भन्दै स्थानीय तहका कार्यकर्ताहरुमा आक्रोश छ । पछिल्लो समय देखिएको चुनावी परिदृष्य प्रदेश (क) मा श्रेष्ठ र चौधरी नै हावी हुने संभावनालाई विस्तारै बलियो बनाउँदै लगेको देख्न सकिन्छ ।

श्रेष्ठ र चौधरी तत्कालीन अवस्थामा एउटै पार्टी नेकपा एमालेमा थिए । पछि पार्टी विभाजन हुँदा श्रेष्ठ एकीकृत समाजवादीतर्फ लागे भने चौधरी एमालेमै रहे । विगतमा एउटै पार्टीका लागि काम गरेको आधारमा समेत यी दुई पार्टी र उम्मेदवारहरु बीच आपसी सद्भावको अवस्था पनि देखिएको छ । चुनावी अभियानहरुमा जम्काभेट हुँदा श्रेष्ठ र चौधरीले एकले अर्कालाई शुभकामनासहति अग्रिम बधाई दिने समेत गरेका छन् ।

प्रदेश (क) मा चन्द्रपुर नगरपालिकाका १० वटा वडा र बृन्द्रावन नगरपालिकाको ३ वटा वडा समेटिएको छ । यहाँ करीब ५९ हजार मतदाता रहेका छन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्