Shikhar Insurance

एलजीको वर्ल्ड कप लक्षित युक्यु सिरिजका टेलिभिजन नेपाली बजारमा

सिंहदरबार संवाददाता
२०७९ कार्तिक २१, सोमबार १२:१०
NIMB
Nabil Bank

एलजीले वर्ल्ड कप लक्षित टिभी नेपाली बजारमा ल्याएको छ । एलजी ब्राण्डको आधिकारीक विक्रेता सिजी इम्पेक्सले वर्ल्ड कप लक्षित गरी युक्यु सिरिज को युएचडि टिभी नेपाली बजारमा ल्याएको हो ।

एलजीको युएचडि टिभी श्रेणीमा ४३ इन्च, ५० इन्च, ५५ इन्च, ६५ इन्च ७५ इन्च र ८६ इन्चको टिभी नेपाली बजारमा उपलब्ध छन् । युएचडि टिभी श्रेणीमा नेपालकै नं. १. टिभी ब्राण्डमा आफुलाई स्थापना गरेको एलजीले नयाँ मोडेलको टिभीहरु नेपालमा ल्याएको हो ।

Citizen Life
Kumar Bank
Nepal Life

यस टिभीमा रियल फोर.के डिस्प्ले सँगै तीन साईड सिनेमा स्क्रीन डिजाईनका साथै क्वाड कोर प्रोसेसर फोर के, वेभ ओएस ६.० अपरेटिङ सिस्टम, आईपिएस प्यानल फोर के, एचजि आईजि मोड, अटोलो ल्याटेन्सी मोड (एएलएलएम) गेम अप्टिमाईजर, एआई ब्राइटनेस, एआई साउण्ड, एचडिआर टेक्नोलोजी (एचडिआर१०, एचएलजी) फिल्ममेकर मोड, म्याजिक मोसन रिमोट कन्ट्रोल (एमएमआरसि) स्पोर्टस अलर्ट जस्ता थुप्रै विशेषताहरु रहेका छन् ।

यस टिभीमा एलजी थिङक्यु एआई टेक्नोलोजी रहेको छ, जसले एक सुव्यवस्थित अनुभव प्रदान गर्दछ । साथै एमेजोन ऐलेक्सा, गुगल असिस्टेन र एप्पल एयर प्लेय २ सँग होमकिट जस्ता विशेषताहरु पनि रहेको छ । एप्पल एयर प्लेय २ को मद्दतले आफ्नो आईफोनबाट सिधै स्क्रिन सेयर÷स्क्रिन मिरर गर्न मिल्छ । गुगल असिस्टेन को मद्दतले तपाई आफ्नो टि.भी.लाई आफ्नो आवाजले नियन्यत्र गर्न सक्नुहुनेछ । एल.जी.का सबै साईजका टि.भीहरु सुलभ मुल्यमा नेपाली बजारमा उपलब्ध छन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्