Shikhar Insurance

७ दिनमै वाणिज्य बैंकहरुमा २१ अर्ब ४५ करोड निक्षेप थप हुँदा कर्जा भने ठप्प

सिंहदरबार संवाददाता
२०७९ कार्तिक २१, सोमबार १६:१२
NIMB
Nabil Bank

काठमाडौं । चाडपर्व मनाउन बैंकबाट झिकिएको पैसा बिस्तारै फिर्ता आउन थालेको छ । तिहार सकिएको एक सातामै वाणिज्य बैंकहरुमा २१ अर्ब ४५ करोड रुपैयाँ निक्षेप थप भएको हो ।

भाइटिकाको भोलीपल्ट अर्थात् कात्तिक ११ गते वाणिज्य बैंकहरुमा कुल ४५ खर्ब २३ अर्ब ७८ करोड रुपैयाँ निक्षेप मौन्दात थियो । जुन कात्तिक १८ गते आइपुग्दा ४५ खर्ब ४५ अर्ब २३ करोड रुपैयाँ पुगेको नेपाल बैंकर्स संघको तथ्यांकले देखाएको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

सो अवधिमा वाणिज्य बैंकहरको कर्जा भने १ अर्ब रुपैयाँले घटेको तथ्यांकले देखाएको छ । गत कात्तिक ११ गतेसम्म कुल ४२ खर्ब २५ अर्ब २४ करोड कुल कर्जा प्रवाह गरेका वाणिज्य बैंकहरुले एक सातामा १ अर्ब २५ करोड रुपैयाँ घटाएर १८ गतेसम्म ४२ खर्ब २४ अर्ब १६ करोड रुपैयाँमा सीमित गरेका छन् ।

निक्षेप संकलन बढेपनि थप कर्जा प्रवाह नगर्दा वाणिज्य बैंकहरुको कर्जा निक्षेप अनुपात (सीडी रेसियो) एक सातामा ०.०२ प्रतिशतले घटेको छ । कात्तिक ११ गवतेसम्म वाणिज्य बैंकहरुको औषत सीडी रेसियो ८७.२३ प्रतिशत कायम थियो । जुन कात्तिक १८ गते आइपुग्दा ८७.२१ प्रतिशत कायम भएको हो ।

GBIME

प्रतिक्रिया दिनुहोस्