Shikhar Insurance

२५ करोड रूपैयाँ मुद्दती निक्षेपमा स्वीकार गर्ने बैंक खोज्दै राष्ट्र बैंक

सिंहदरबार संवाददाता
२०७९ कार्तिक २१, सोमबार १६:३१
NIMB
Nabil Bank

काठमाडौं । नेपाल राष्ट्र बैंकले उपदान तथा पेन्सन कोषमा रहेको २५ करोड रुपैयाँ बराबरको रकम मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ । केन्द्रीय बैंकले एक सूचनामार्फत उपदान तथा पेन्सन कोषमा रहेको रकम मुद्दती निक्षेपमा राख्न लागेको सूचनामार्फत जानकारी दिएको छ ।

केन्द्रीय बैंकले क, ख र ग वर्गका बैंक तथा वित्त कम्पनीमा उक्त रकम दामासाहीमा मुद्दती निक्षेपमा राख्न लागेको हो । सूचना अनुसार ‘क’ वर्गका वाणिज्य बैंकमा २० करोड रुपैयाँ, ‘ख’ वर्गका राष्ट्रियस्तरका विकास बैंकमा ३ करोड ७५ लाख रुपैयाँ र ‘ग’ वर्गका राष्ट्रियस्तरका वित्त कम्पनीमा १ करोड २५ लाख रुपैयाँ बराबरको रकम मुद्दती निक्षेपमा राख्न लागेको हो ।

Citizen Life
Kumar Bank
Nepal Life

आफूले मुद्दती निक्षेपमा लिन चाहेको रकम र प्रस्ताव गरेको ब्याजदरसमेत उल्लेख गरी आवेदन दिन आग्रह गरिएको छ । आवेदन भने यही कात्तिक २२ गते मध्यरात १२ बजेसम्म दिन सकिनेछ । यही कात्तिक २७ गतेदेखि २०८० को कात्तिक २७ गतेसम्म तीन सय ६६ दिन उक्त रकम मुद्दती निक्षेपमा राखिनेछ ।

GBIME

प्रतिक्रिया दिनुहोस्