Shikhar Insurance

‘विदेशी मुद्रा भित्र्याउनु पर्ने पुनर्बीमा कम्पनी आरक्षण खोज्छन्, अब प्रतिस्पर्धा गरेर देखाउनु’

सिंहदरबार संवाददाता
२०७९ कार्तिक २१, सोमबार २१:४९
NIMB
Nabil Bank

काठमाडौं । बीमा समितिका अध्यक्ष सुर्य प्रसाद शिलवालले विदेशी मुद्रा भित्र्याउनु पर्ने पुनर्बीमा कम्पनीहरुले आरक्षणको व्यवसायमा र्याल चुहाएको आरोप लगाएका छन् । उनले नेपाल पुनर्बीमा कम्पनीको ९औं वार्षिक उत्सव कार्यक्रममा सरकारको लगानी रहेका नेपाल रीले प्रतिस्पर्धी भएर व्यवसाय गर्न नसकेको भन्दै अब सरकारले व्यवसाय नगर्ने बताएका हुन् ।

उनले कार्यक्रममा भने–‘सरकारले अब व्यवसाय गर्दैन, नेपालमा सरकारी लगानी भएका बीमा कम्पनीहरुले स्वयं व्यवसाय गर्न नसकेकै कारण प्रतिस्पर्धीको रुपमा निजी लगानीका कम्पनीहरु ल्याएका हुन्,’ कार्यक्रममा समितिका अध्यक्ष सिलवालले भने, ‘अबको ५ वर्षपछि सरकारले दिने व्यवसाय शून्यमा झर्छ । सकारले त व्यवसाय गर्ने वातावरणमात्रै बनाउने हो, व्यवसाय नै खोज्दिने काम गर्दैन ।’

Citizen Life
Kumar Bank
Nepal Life

सरकारी लगानीका बीमा कम्पनीहरुले समय सापेक्ष प्रविधिको प्रयोग बढाउँदै गुणस्तरीय सेवा विस्तार गर्न नसकेकै कारण व्यवसायमा निजी लगानीका कम्पनीहरुसँग प्रतिस्पर्धा गर्न नसकेको उनको भनाई छ । उनले सरकारी लगानीका बीमा कम्पनीहरुले आफै व्यवसाय गरेमात्रै बीमा क्षेत्रको विकास विस्तारमा सहयोग पुग्नुका साथै सिंगो देश को आर्थिक विकासमा सहयोग पुग्ने बताए । उनले नेपाल पुनर्बीमा कम्पनीले समयको आवश्यकता बुझेर व्यवसाय विस्तार गर्न नसकेको अशय प्रकट गर्दै कम्पनीहरुको जोखिम बहन गर्न र विदेशी बीमा कम्पनीहरुको समेत व्यवसाय ल्याउने क्षमताको निजी क्षेत्रको रि–इन्स्योरेन्स ल्याइएको बताए ।

‘पुनर्बीमाले बीमा कम्पनीहरुमार्फत् विदेशीने नेपाली मुद्रा जोगाउने काम गर्दै विदेशी बीमा कम्पनीहरुबाट पनि बिजनेश ल्याएर नेपालमा विदेशी मुद्रा भित्र्याउन सक्नु पर्छ, तर, तपाइहरुकोबाट त दावी भुक्तानी नै समयमा नभएको गुनासो कम्पनीबाट आउँछ, यस्तो अवस्थामा भएपछि प्रतिस्पर्धीलाई स्वागत गर्नु पर्यो ।’–उनले भने ।

साथै, अहिले सञ्चालित बीमा कम्पनीहरुले लघुबीमा क्षेत्रलाई कभर गर्न नसकेको कारण नै नयाँ लघुबीमाको लाइसेन्स बाँढ्न लागिएको आशय प्रकट गरेका थिए ।                                                                 

यस्तै, कार्यक्रममा नेपाल पुनर्बीमा कम्पनीका कार्यकारी अधिकृत शंकर कुमार रायमाझीले व्यवसाय विस्तारमा सरकार तथा नियमक निकाय बाधक भएको बताएका थिए । उनले चालु आर्थिक वर्षमा टार्गेट गरेको व्यवसाय गर्न बीमा समितिले स्वीकृति नगरेको गुनासो गर्दै सोमा सरकारले समेत असहयोग गरेको बताए ।

‘चालु आवमा ५ अर्ब रुपैयाकाे व्यवसाय गछौं, तर हाम्रो टार्गेट भनेको १२ अर्ब ७५ करोड रुपैयाँको थियो, त्यसमा बीमा समिति र सरकारकै तर्फबाट सहयोग भएन,’ कार्यक्रममा कम्पनीका सीइओ रायमाझीले भने, ‘समितिले बिजनेश प्लान स्वीकृत नगर्दा र आउने बिजनेशमा पनि सरकारकै सहयोग नहुँदा योजना अनुसारको उपलब्धी हासिल गर्न हामाीलाई समस्या भइरहेको छ ।’

आफ्नो कार्यकाल शुरु हुँदा कोरोना महामारी शुरु भएको र हाल व्यवसाय विस्तारमा फड्को मार्न खोज्दा सम्बन्धित पक्षबाट सहयोग नभएको उनको गुनासो थियो ।

GBIME

प्रतिक्रिया दिनुहोस्