Shikhar Insurance

दैनिक ४ अर्ब कारोबार गर्दै फोनपे, १० लाख नाघे उपभोक्ता

सिंहदरबार संवाददाता
२०७९ कार्तिक २२, मंगलवार ०९:३७
NIMB
Nabil Bank

काठमाडौं । नेपालको अग्रणी भुक्तानी प्रणाली सञ्चालक फोनपेको क्यूआर मर्चेन्ट संख्या १० लाख नाघेको छ । नेपाललाई क्यासलेस बनाउने योजना अनुसार ‘नगद छोडौं, फोनपे गरौं’ भन्ने नारासहित तीन वर्ष अगाडी स्थापना भएको फोनपेमा छोटो समयमै आम व्यवसायीको आकर्षण बढेको हो । फोनपे नेटवर्क मार्फत हाल दैनिक ४ अर्ब बढिको कारोबार हुँदै आएको छ । वित्तीय क्षेत्रमा फोनपेले बनाएको यो नयाँ रेकर्डसँगै डिजिटल भुक्तानीको क्षेत्रमा ठूलो परिवर्तन समेत आएको छ ।

फोनपेको सेवा हाल सातै प्रदेशका सबै स्थानीय तहका सबै वडामा पुगिसकेका छन् । गाउँ गाउँसम्म विस्तार भइसकेको फोनपे क्यूआर शहरका अधिकांश पसलमा देखिन थालेका छन् । ग्राहकहरुले पनि नगद बोकेर हिड्नुको साटो फोनपे मार्फत भुक्तानी गर्न सहज ठानेका छन् । डिजिटल कारोबारमा आएको यस परिवर्तनले मर्चेन्ट र ग्राहकलाई सहज बनाउनुका साथै नेपालको डिजिटल इकोनोमिमा ठुलो परिवर्तन ल्याउँदै जान थालेकोे छ ।

Citizen Life
Kumar Bank
Nepal Life

मर्चेन्टको संख्या १० लाख पुगेको उपलक्ष्यमा फोनपेका प्रमुख कार्यकारी अधिकृत दिवश सापकोटाले बताए, “ हामीले नेपालको अर्थतन्त्रलाई डिजिटल बनाउन नगद रहित समाजको जुन परिकल्पनाका साथ यसको सुरुवात गरेका थियौँ, छाटो समयमै मर्चेन्टको संख्या १० लाख पुग्दा हामी थप उत्साहित भएका छौँ । यसले नगदको प्रयोगमा कमी ल्याउँदै डिजिटल इकोनोमीको बाटोमा अझ रफ्तारमा लगेको छ । यस समर्थनको लागि म सबै मर्चेन्ट, ग्राहक तथा बैंक तथा वित्तीय संस्थालाई धन्यवाद दिन चाहान्छु । आगामी दिनमा हामी डिजिटल कारोबारलाई बढवा दिन मर्चेन्ट र ग्राहकलाई थप परिष्कृत सेवा दिँदै जानेछौँ” ।

क्यूआर मार्फत भुक्तानी गर्ने ग्राहकको संख्यामा वृद्धि भएसँगै पछिल्लो समय मर्चेन्टहरु समेत उत्साहित देखिन थालेका छन् । काठमाडौ नरेफाँटका किराना व्यवसायी सम प्रसाद आपागाइँ भन्छन्, “सुरु सुरुमा त मलाई त्यति पत्यार लागेको थिएन, कसले पो तिर्ला भनेर ? बैंकले नै भनेपछि मर्चेन्ट बने, आजभोली मेरो पसलमा आउने धेरैले क्यूआर मार्फत भुक्तानी गर्नुहुन्छ । यसरी कारोबार भएकोमा म दंग छु, खुद्रा पैसाको झञ्जट नहुने र बैंकमा पनि जान नपर्ने रहेछ, अहिले त मलाई धेरै सहज बनाएको छ यसले” ।

यता आम प्रयोगकर्तालाई पनि यसले सहज बाएको ग्राहकको अनुभव छ । भक्तपुकी गृहणी जमुना भट्टराईको अनुभव छ, “ श्रीमानले हरेक महिना घर खर्चको लागि बैंकमा पैसा राखिदिनुहुन्छ, मलाई तरकारी देखि फलफुल, मासु सबै किन्न पैसा बोक्न पनि परेन, खुद्रा भएन भन्न पनि परेन यसले निकै सजिलो बनाएको छ ”।

नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालकको अनुमति प्राप्त फोनपे पेमेन्ट सर्भिस लिमिटेड एफवान सफ्ट ग्रुपको सहायक कम्पनी हो । फोनपेमा अहिले ६० भन्दा बढि बैंक तथा वित्तिय संस्था आबद्ध छन् । एक करोड ७० लाख भन्दा धेरै मोबाईल बैकिङ्ग प्रयोगकर्ता तथा भुक्तानी प्रणाली सेवा प्रदायकका मोबाईल एप्स् मार्फत फोनपेले सेवा पुर्याउँदै आएको छ । फोनपे विश्वविख्यात डाटा सुरक्षा मापदण्ड ‘पेमेन्ट कार्ड इन्डष्ट्रि डाटा सुरक्षा मापदण्ड’ पीसीआइ डिएसएस भिथ्रिटुवान प्रमाणीकरण प्राप्त संस्था पनि हो ।

GBIME

प्रतिक्रिया दिनुहोस्