Shikhar Insurance

नेप्सेले गर्यो १५७ कम्पनीलाई मार्जिन कारोबारबाट बन्देज, यी ८७ कम्पनीमात्रै योग्य

सिंहदरबार संवाददाता
२०७९ कार्तिक २२, मंगलवार १६:३४
NIMB
Nabil Bank

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले सेयर ब्रोकरसँग मार्जिन कारोबार गर्न १५७ कम्पनीलाई अयोग्य ठहर गरेको छ । नेप्सेले मंगलबारमार्जिन कारोबारका लागि योग्य कम्पनीहरुको सूची सार्वजनिक गर्दै बाँकी कम्पनीहरुलाई अयोग्य ठहर गरेको हो ।

हाल नेप्सेमा २२४ वटा कम्पनीहरु सूचीकृति छन् । जसमध्ये नेप्सेले ८७ वटा कम्पनी मात्रै मार्जिन कारोबारका लागि योग्य उल्लेख गर्दै नामावली सार्वजनिक गरेको छ ।
‘मार्जिन कारोबार सुविधासम्बन्धी कार्यविधि, २०७५’ अनुसार मापदण्ड पूरा गर्न नसक्ने कम्पनीहरुलाई अयोग्य ठहर गरिएको नेप्सेका कार्यकारी अधिकृत कृष्ण बहादुर कार्कीले बताए ।
‘सो कार्यविधि अनुसार ब्रोकरबाट मार्जिन कारोबार गर्नका लागि कम्पनीहरुले ३ वटा मापदण्ड पुरा गरेको हुनु पर्छ,’ नेप्सेका सीइओ कार्कीले सिंहदरबारसँग भने, ‘योग्य सूचीमा परेका कम्पनीहरुका लगानीकर्ताले मात्रै ती नै कम्पनीको सेयर खरिद बिक्रीका लागि मार्जिन कारोबार सुबिधा उपयोग गर्न पाउँछन् ।’
मार्जिन कारोबार सुविधासम्बन्धी कार्यविधि, २०७५’ अनुसार कुनै पनि कम्पनीका सेयरधनीले यस्तो सुविधा प्रयोग गर्नका लागि त्यो कम्पनीको १० हजारभन्दा बढी सेयरधनी भएको हुनुपर्नेछ, कम्पनीको चुक्तापुँजी भन्दा बढी नेटवर्थ भएको हुनुपर्नेछ र विगत २ वर्षयता सेयरधनीहरुलाई १० प्रतिशतभन्दा बढी लाभांश वितरण गरेको हुनुपर्ने छ ।

Citizen Life
Kumar Bank
Nepal Life

मार्जिन कारोबार भन्नाले धितोपत्र दलाल व्यवसायी अर्थात् सेयर ब्रोकर कम्पनीहमार्फत तोकिएको मार्जिन राखी गरिने सेयर खरिदबिक्री गर्ने कार्य हो । नेप्सेले योग्य ठहर गरेको ८७ वटा कम्पनीका सेयरधनीहरुले मात्रै यस्तो सुविधा प्रयोग गर्न पाउँछन् भने तोकिएको मापदण्ड पुरा नगर्दासम्म बाँकी १५७ वटा कम्पनकिा सेयरधनी यो सुविधा प्रयोग गर्नबाट बन्देज भएका छन् ।

नेप्सेले प्रत्येक आर्थिक वर्षका लागि मार्जिन कारोबारयोग्य धितोपत्रको सूची सार्वजनिक गर्दै आएको छ । यस्तो सूची आर्थिक वर्ष सुरु भएको सात महिनाभित्र अद्यावधिक गरिसक्नुपर्छ । साेही अनुसार नेप्सेले मापदण्ड पूरा गर्ने कम्पनीहरूकाे नामावली सार्वजिनक गरेकाे हाे ।

सार्वजनिक सूचीअनुसार चालू आर्थिक वर्षका लागि मार्जिन कारोबार गर्न पाउने कम्पनीमा १७ वटा वाणिज्य बैंक, ८ वटा विकास बैंक, ५ वटा वित्त कम्पनी, १३ वटा जलविद्युत् कम्पनी, १० वटा बीमा कम्पनी र २९ वटा लघुवित्त कम्पनी छन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्