Shikhar Insurance

विश्व कप फुटबल हेर्न अतिरिक्त ५ सय रुपैयाँ तिर्नु नपर्ने

सिंहदरबार संवाददाता
२०७९ कार्तिक २२, मंगलवार १८:०६
NIMB
Nabil Bank

काठमाडौं । सर्वोच्च अदालतले विश्वकपको प्रत्यक्ष प्रसारण हेर्न अतिरिक्त पाँच सय रुपैयाँ शुल्क असुली नगर्न आदेश दिएको छ । अधिवक्त किशोर पौडेलको रिटमा सुनुवाई गर्दै सर्वाेच्च अदालतका न्यायधिश प्रकाशमान सिंह राउतले विश्वकप फुटबलको प्रत्यक्ष प्रशारण गर्ने अतिरिक्त पाँच सय रुपैयाँ असुल्ने काम तत्कालका लागि रोक्न भनेको हो ।

विश्व कफ फुटबलको प्रत्यक्ष प्रशारणको अख्तियारी पाएको मिडिया हब प्रालि र टेलिभिजन सेवा प्रदायकले प्रतिग्राहक ५ सय रूपैयाँ असुलिरहेका थिए । सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश जारी गर्दै उपभोक्तासँग अतिरिक्त पाँच सय रुपैयाँ असुली नगर्न भनेको हो ।

Citizen Life
Kumar Bank
Nepal Life

अदालतले दुवै पक्षलाई छलफलका लागि कात्तिक २७ गते बोलाएको छ । विश्वकप फुबटल मंसिर ४ गतेदेखि सुरु हुँदैछ ।

GBIME

प्रतिक्रिया दिनुहोस्