Shikhar Insurance

सिटिजन्स बैंकद्वारा च्याटबट सेवा-सिटिजन्स साथिको सुरुवात

सिंहदरबार संवाददाता
२०७९ कार्तिक २३, बुधबार १०:१७
NIMB
Nabil Bank

काठमाडौं । डिजिटल बैंकिङलाई सधैं प्राथमिकतामा राख्दै आएको सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्ना सेवाहरु डिजिटलाइजगर्ने क्रममा वेबसाइट मार्फत च्याटबट सेवा-‘सिटिजन्स साथिको’ शुभारम्भ गरेको छ ।
यो सेवा मार्फत अब ग्राहकहरूले कुनै पनि बैंकिङ्ग सेवाहरूको अनुरोध सिधै च्याटबट सेवा-सिटिजन्स साथिद्वारा गर्न सक्नेछन् ।

साथै ग्राहकहरूले बैंकिङ्ग सेवा सम्बन्धी जिज्ञासाहरूको लागि यस प्लेटफम मार्फत बैंकका एजेन्टसँग प्रत्यक्ष कुराकानी गर्न सक्नेछन् । यस सेवा ग्राहक मैत्री हुनुका साथै ग्राहकहरूका लागी अझ सहज, सुरक्षित, सर्वसुलभ, र विश्वास योग्य हुने विश्वास बैंकले लिएको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना १८० वटा शाखा, १३३ वटा एटिएम. र ९६ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट करिव १४ लाख ९० हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्