Shikhar Insurance

‘नबिल फ्लेक्सी क्याप फन्ड’ बिक्री खुला, आवेदन कहिलेसम्म ?

सिंहदरबार संवाददाता
२०७९ कार्तिक २३, बुधबार ११:३८
NIMB
Nabil Bank

काठमाडौं । नबिल इन्भेष्टमेन्टले कात्तिक २३ गते बुधबार (आज) देखि खुलामुखी म्युचुअल फन्ड योजना बिक्री खुला गरेको छ । क्यापिटलले ‘नबिल फ्लेक्सी क्याप फन्ड’ ७ करोड ५० इकाई निष्कासन तथा बिक्री खुला गरेको हो ।

जसमा लगानीकर्ताले प्रतिइकाई १० रुपैयाँको दरले कात्तिक २७ गतेसम्म आवेदन दिन सक्नेछन् । उक्त समयमा सबै इकाई बिक्री नभएमा मंसिर ७ गतेसम्म खुला रहनेछ बताइएको छ । जसमा न्यूनतम १०० इकाईदेखि अधिकतम ७५ लाख इकाईसम्म आवेदन दिन पाउने व्यवस्था रहेको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

कुल ७ करोड ५० इकाईमध्ये १ करोड ५० लाख इकाई विज पुँजीवापत कोष प्रवर्द्धक नबिल बैंकलाई सुरक्षित गरिएको छ । त्यस्तै, ७ लाख ५० हजार योजना व्यवस्थापक नबिल इन्भेष्टमेन्टलाई छुट्याएको छ ।

बाँकी ६ करोड ३७ लाख ५० हजार इकाईमध्ये पहिलो चरणमा सर्वसाधारणका लागि ५ करोड इकाई बिक्री खुला गर्न लागिएको योजना व्यवस्थापक नबिल इन्भेष्टमेन्टले जानकारी दिएको छ । लगानीकर्ताले सी–आस्वाको माध्यमबाट इकाईमा आवेदन दिन सक्नेछन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्