Shikhar Insurance

न्युजील्याण्डलाई हराउँदै पाकिस्तान टी२० विश्वकपको फाइनलमा

सिंहदरबार संवाददाता
२०७९ कार्तिक २३, बुधबार १७:३०
NIMB
Nabil Bank

काठमाडौं । पाकिस्तान आईसीसी टी–२० विश्वकप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । बुधबारको पहिलो सेमिफाइनल खेलमा न्युजिल्याण्डलाई ७ विकेटले हराउँदै पाकिस्तानले फाइनल यात्रा सुनिश्चित गरेको हो ।

अष्ट्रेलियाको सिड्नीमा भएको पहिलो सेमिफाइनलमा न्युजिल्याण्डले दिएको १५३ रनको लक्ष्य पाकिस्तानले १९.१ ओभरमा ३ विकेट गुमाएर पूरा गरेको थियो ।

Citizen Life
Kumar Bank
Nepal Life

उपाधिका लागि पाकिस्तानले दोस्रो सेमिफाइनलमा भारत र इंग्ल्याण्डको विजेतासँग प्रतिस्पर्धा गर्नेछ । पाकिस्तानले सन २००९ मा टी२० विश्वकपको उपाधी जितेको थियो ।

GBIME

प्रतिक्रिया दिनुहोस्