Shikhar Insurance

ब्याजदर आन्दोलनमा सहभागी बैंक सञ्चालकलाई कारवाही गर्दै राष्ट्र बैंक, को–को पर्ने भए फन्दामा ?

सिंहदरबार संवाददाता
२०७९ कार्तिक २३, बुधबार १९:२३
NIMB
Nabil Bank

काठमाडौं । पछिल्लो केही साता यता निजी क्षेत्रका उद्योगी व्यवसायी तथा व्यापारीहरु बैंक तथा वित्तीय संस्थाले चर्को ब्याज र सेवा शुल्क असुलेको भन्दै सो विरुद्ध आन्दोलनमा छन् । यस्तो आन्दोलन ती नै बैंक तथा वित्तीय संस्थामा लगानी गर्ने संस्थापक लगानीकर्ता र संचालकहरु पनि सहभागी छन् ।

उनीहरुले बैंकले प्रिमियमदर, ब्याजदरमा स्थीरताको माग गर्दै राष्ट्र बैंकलाई सोमा हस्तक्षेप गर्न सडक आन्दोलनमै उत्रिएर दवाब सृजना गरेका हुन् । तर, राष्ट्र बैंकले भने यसरी बैंककै विरुद्धमा आन्दोलन गर्ने संस्थापक लगानीकर्ता, संचालक र ठुला ऋणीहरुलाई कारवाही गर्ने भएको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

कर्जा लगानी र सेवा शुल्कमार्फत् गरेको आम्दानीको हिस्सेदारी हुने बैंककै लगानीकर्ता र संचालकहरु समेत सहभागी भएपछि कारवाही गर्न लागेको राष्ट्र बैंकका एक उच्च अधिकारीले बताए ।

‘बैंक विरुद्ध आन्दोलनरत केही व्यवसायीहरु बैंकका ठुला लगानीकर्ताहरु पनि छन्, भने केही बैंकबाट अर्बौ कर्जा लिएर उद्योग संचालन गर्नेहरु छन्,’ राष्ट्र बैंकका ती अधिकारीले सिंहदरबारसँग भने, ‘यसरी बैंकको नाफामा हिस्सेदारी हुने वा बैंककै लगानीमा ठुला उद्योग व्यवसाय गर्नेहरु बैंक विरुद्ध सडकमा उत्रिदाँ अन्तर्राष्ट्रियस्तरमै नेपालको बैंकिङ क्षेत्र नै बद्मान हुने जोखिम हुन्छ । त्यसैले ब्याजदर विरुद्धको आन्दोलनमा सहभागि बैंकका संचालकलाई पहिलो चरणमा स्पष्टिकरण सोध्ने तयारी भइरहेको छ ।’

आन्दोलनमा सहभागि बैंकर र व्यवसायीहरुले निजी स्वार्थपुर्तिका लागि समग्र अर्थतन्त्रनै प्रभावित बनाउने काम गरेको हुँदा स्वार्थ बाझिँने कृयाकलाप नगर्न बैंकका संचालकहरुलाई निर्देशन दिइने ती अधिकारीले बताए ।

‘सम्बन्धित बैंकमा समन्वय गरी संचालकहरुलाई स्पष्टिकरण सोध्ने तयारी गर्नुका साथै, ठुला ऋणीहरुको फाइल खोली ताकेता गर्ने लगायतबारे छलफल भइरहेको छ । सम्बन्धित सुपरिवेक्षणमार्फत् त्यस्ता बैंक र संचालकलाई स्पष्टिकरण सोधिनेछ ।’

राष्ट्र बैंकले पदमा रहेका आन्दोलनमा सहभागी संचालकलाई मात्रै नभएर पुर्व संचालकहरुलाई समेत कारवाही गर्ने तयारी गरेको उनको भनाइ छ ।

अहिले बैंक विरुद्धको आन्दोलनमा नेपाल उद्योग वाणिज्य महासंघका पदाधिकारीहरु र विभिन्न जिल्लाका उद्योग वाणिज्य संघ संगठनहरु लगायत अन्य व्यवसायीहरुको संघ संगठन सहभागी छन् ।

जसमा एफनसीसीआएका उपाध्यक्ष समेत रहेका एनआइसी एशिया बैंकका संचालक रामचन्द्र संघाई, महासंघका कार्यकारिणी सदस्य समेत रहेका सिटिजन्स बैंकका संचालक प्रवलजंग पाण्डे, महासंघका उपाध्यक्ष रहेका माछापुच्छ्रे बैंकका संस्थापक लगानीकर्ता अन्जन श्रेष्ठ, महालक्ष्मी विकास बैंकका संस्थापक लगानीकर्ता अरुण सुमार्गी, महासंघका कार्यकारिणी सदस्य समेत रहेका एक्सल डेभलपमेन्ट बैंकका पुर्व संचालक हेमराज ढकाल लगायत अधिकांश बैंक तथा वित्तीय संस्थाका पुर्व संचालक र संस्थागत लगानीकर्ताहरु रहेका छन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्