Shikhar Insurance

सानिमा बैंकका ग्राहकले दराजमा १५ प्रतिशत छुट पाउने

सिंहदरबार संवाददाता
२०७९ कार्तिक २४, बिहीबार १६:४०
NIMB
Nabil Bank

काठमाडौं । सानिमा बैंकले ग्राहकहरुका लागि दराजसंग दराज ११.११ विशेष छुट दिने सहकार्य भएको छ । योजना अवधिभर ग्राहकहरुले दराजबाट सामान खरिद गर्दा सानिमा बैंकको डेबिट वा क्रेडिट कार्डबाट भुक्तानी गर्दा विशेष छुट प्राप्त गर्न सक्नेछन् । सानिमाका ग्राहकहरुले डेबिट कार्डबाट भुक्तानी गर्दा १५ प्रतिशत वा अधिकतम् २ हजार ५ सय रुपैयाँसम्मको छुट तथा क्रेडिट कार्डबाट भुक्तानी गर्दा २० प्रतिशत वा अधिकतम् ३ हजार रुपैयाँसम्मको छुट प्राप्त गर्न सक्नेछन् ।

यो योजनामा सिमित छुट मात्र उपलब्ध हुने भएकोले छुट प्रदान गर्दा पहिलोलाई प्राथमिकता दिइने छ । छुटका लागि ग्राहकहरूले दराजबाट बैंक भौचर सङ्कलन गर्नुपर्नेछ । यसैगरी क्रेडिट कार्ड प्रयोगकर्ताहरुले शून्य ब्याजदरमा मासिक किस्ताबन्दी सुविधा पनि प्राप्त गर्न सक्नेछन् । यो योजना २०७९ कार्तिक २५ देखि मंसिर १ गतेसम्म ७ दिनका लागि लागू हुनेछ ।

Citizen Life
Kumar Bank
Nepal Life

सानिमा बंैकको देशका सातै प्रदेशमा १२९ वटा कार्यालय तथा १२२ वटा एटिएम संचालनमा रहेको छ । साथै, सानिमा बैंकको डेबिट तथा क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग एप प्रयोग गर्दा विभिन्न अस्पताल, सपिङ्ग आउटलेट होटेल, रेष्टुरेन्ट आदिमा विशेष छुटको व्यवस्था रहेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्